इराकमा अपहरणमा परेकी अमेरिकी स्वतन्त्र पत्रकार सुरक्षित रिहा
काठमाडौं : इराकको राजधानी बगदादबाट अपहरणमा परेकी अमेरिकी स्वतन्त्र (फ्रिल्यान्स) पत्रकार शेली किटल्सन सुरक्षित रूपमा रिहा भएकी छन्। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले बुधबार सामाजिक सञ्जाल 'एक्स'मार्फत किटलसनको रिहाइ भएको पुष्टि गरेका हुन्।
गत मार्च ३१ मा किटलसनलाई इराकको सशस्त्र समूह 'कताइब हिजबुल्लाह' ले अपहरण गरेको थियो। सोही समूहले मङ्गलबार एक घोषणा गर्दै उनलाई रिहा गर्ने बताएको थियो।
बुधबार उनी अपहरणमुक्त भएपछि विदेश मन्त्री रुबियोले खुसी व्यक्त गर्दै उनलाई सुरक्षित रूपमा इराकबाट फर्काउन आवश्यक समन्वय भइरहेको जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस !