प्रि ओपन सेसनमा नेप्से परिसूचक १५.४१ अंकले बढ्यो
काठमाडौं : बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १५.४१ अंकले बढेर २७७२.८१ विन्दुमा पुगेको हो।
प्रि ओपन सेसनमा ६६ वटा स्क्रिप्सको १२ हजार ५३५ कित्ता सेयर ५४ लाख ६४ हजार ९३८ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ३७ वटा स्टक्सको मूल्य बढ्दा १७ वटाको घट्यो। ९ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !