इरानको पुनः निर्माणमा अमेरिकाले सहयोग गर्ने ट्रम्पको दाबी

इरानको पुनः निर्माणमा अमेरिकाले सहयोग गर्ने ट्रम्पको दाबी

काठमाडौं  : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा युद्धको समयमा भएको क्षतिको पून: निर्माणमा अमेरिकाले सहयोग गर्ने बताएका छन् । ट्रम्पले आफ्नो सााजिक सञ्जाल एक्समार्फत एक स्टाटस लेख्दै इरानको समृद्धिमा अमेरिकाले सहयोग गर्ने बताएका हुन् । 

उनले लेखेका छन्, 'विश्व शान्तिका लागि आज ठूलो दिन हो। इरान पनि यही चाहन्छ, किनकि अब अति भइसक्यो। 'बाँकी विश्वको चाहना पनि यही नै हो।

बीबीसीका अनुसार ट्रम्पले विश्वकै महत्त्वपूर्ण व्यापारिक मार्ग 'होर्मुज स्ट्रेट' मा देखिएका ट्राफिक समस्याहरू समाधान गर्न अमेरिकाले पहल गर्ने बताए । उनका अनुसार यसबाट आर्थिक क्षेत्रमा ठूलो सुधार आउने अपेक्षा गरिएको छ ।  इरानले अब पुनः निर्माण सुरु गर्न सक्छ। हामी सबै प्रकारको सहयोगका लागि  तयार रहनेछौं र सबै कुरा व्यवस्थित रूपमा होस् भन्नका लागि त्यहाँ उपस्थित हुनेछौं। मलाई विश्वास छ यो सम्भव छ। जसरी अमेरिकामा भइरहेको छ, यो मध्यपूर्वका लागि पनि एउटा स्वर्ण समय हुन सक्छ,' उनले भनेका छन् । 

युद्धका क्रममा इरानले आफ्ना क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय मुआब्जाको माग गर्ने बताएको थियो। यद्यपि, राष्ट्रपति ट्रम्पले आफ्नो सन्देशमा इरानलाई सिधा आर्थिक सहयोग दिने वा व्यापारिक माध्यमबाट सहयोग गर्ने भन्नेबारे भने स्पष्ट पारेका छैन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.