सुबिसुको आयोजनामा चौंथो ‘एपाक आइपीभी सिक्स काउन्सिल मीट’

सुबिसुको आयोजनामा चौंथो ‘एपाक आइपीभी सिक्स काउन्सिल मीट’
सुन्नुहोस्

काठमाडौं : नेपालमा विगत २५ वर्षदेखि सूचना प्रविधिको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको सुबिसु लिमिटेडको आयोजनामा दुई दिने चौंथो ‘एपाक आइपीभी सिक्स काउन्सिल मीट’ आयोजना हुने भएको छ ।

काठमाडौंको होटल र्‍याडिसनमा यहि चैत २७ र २८ गते दुई दिन अन्तर्राष्ट्रियस्तरको सम्मेलन आयोजना हुन लागेको जनाइएको छ । सरकारको ‘डिजिटल नेपाल’ अभियानलाई तीव्र गतिमा साकार पार्न यस सम्मेलनलाई एक महत्वपूर्ण कदमका रूपमा लिइएको आयोजकले जनाएको छ । यस सम्मेलन नेपाललाई एसिया–प्रशान्त क्षेत्रको डिजिटल पूर्वाधार विमर्शमा केन्द्रीत हुने जनाइएको छ ।

सम्मेलनले फाइभजी, स्मार्ट शहरहरू र ठूला–ठूला औद्योगिक स्वचालन जस्ता नवीनतम प्रविधिहरुका लागि आवश्यक असीमित ठेगानाले कसरी प्रदान गर्दछ भन्ने विषयमा अनुभव साटासाट गर्ने तथा छलफल गरिने जनाइएको छ । यसले नेटवर्कहरुमा बढ्दो साइबर खतराको बारेमा पनि ध्यानाकर्षण गराउनेछ ।

यस वर्षको सम्मेलन विशेष गरी इन्टरप्राइज नेटवर्क आर्किटेक्चरमा IPv^ को व्यावहारिक प्रयोगमा केन्द्रित रहने बताइएको छ । विश्वभरका संस्थाहरू क्लाउड–आधारित, सफ्टवेयर–निर्धारित तथा सुरक्षित नेटवर्क वातावरणतर्फ अघि बढिरहेको वर्तमान सन्दर्भमा, IPv^ को प्रयोग अब केवल प्राविधिक सुधार मात्र नभई एक रणनीतिक आवश्यकता बनिसकेको छ ।

दुई दिने सम्मेलनमा स्वदेशी तथा अन्तर्राष्ट्रिय किनोट स्पिकरहरू एवं विभिन्न क्षेत्रका विशेषज्ञहरूको सहभागिता रहनेछ । सम्मेलनले सहभागीहरूलाई ज्ञान आदानप्रदान, विशेषज्ञसँग प्रत्यक्ष अन्तरक्रिया र क्षमता अभिवृद्धिको उत्कृष्ट अवसर प्रदान गर्नेछ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.