सुनको मूल्य तीन लाख नजिक पुग्यो
काठमाडौं : नेपाली बजारमा एक तोला सुनको भाउ तीन लाख नजिक पुगेको छ। बुधबार प्रतितोला सुनको मूल्य ७ हजार २०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज ७ हजार २०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ९९ हजार पुगेको हो। मंगलबार प्रतितोला सुन २ लाख ९१ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। महासंघका अनुसार २०५ ले रुपैयाँले वृद्धि भएर एक तोला चाँदीको भाउ ५ हजार २५ रुपैयाँ पुगेको थियो।
मंगलबार चाँदीको भाउ ४ हजार ८२० कायम भएको थियो ।
प्रतिक्रिया दिनुहोस !