प्रिती राईले कम्बोडियामा लिग खेल्ने
काठमाडौं : नेपाली राष्ट्रिय टिमकी मिडफिल्डर प्रिती राई कम्बोडियन महिला लिग खेल्ने भएकी छिन् । उनले प्रेह खान रिच स्वाङ रियङ वुमन्स क्लबबाट महिला लिग खेल्न लागेकी हुन् ।
क्लबले सामाजिक सञ्जाल फेसबुकबाट प्रिती क्लबमा अनुबन्ध भएको सार्वजनिक गरेको हो । प्रितीले यसअघि जोर्डन क्लब इतिहादबाट खेलिसकेकी छिन् । उनी नेपाली क्लब एपीएफमा आवद्ध रहेकी छिन् । नेपाली राष्ट्रिय टिममा १६ वर्षको उमेरमा डेब्यू गरेकी प्रितीले भारतमा समेत महिला लिग खेलेकी छिन् । उनले भारतमा किक स्टार्टबाट खेलेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस !