वर्षाले रोकिएको खेलमा ‘डीएलएस मेथड’ बाट मधेस विजयी

वर्षाले रोकिएको खेलमा ‘डीएलएस मेथड’ बाट मधेस विजयी
सुन्नुहोस्

वीरगन्ज : वर्षा बाधक बनेको खेलमा मधेस प्रदेशले ‘डीएलएस मेथड’ का आधारमा बुधबार गण्डकीमाथि १८ रनको जित हात पारेको छ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत वीरगन्जको नारायणी क्रिकेट मैदानमा मधेस र गण्डकीको खेल वर्षाले प्रभावित बनेको हो ।  

मधेसले प्रस्तुत गरेको १७३ रनको लक्ष्य पछ्याएको गण्डकीले २२ ओभरमा पाँच विकेट गुमाएर ८० रन बनाएको थियो । गण्डकीले ब्याटिङ गरिरहेका बेला सुरु भएको वर्षा नरोकिएपछि डिएलएस मेथडका आधारमा मधेस बिजयी भएको हो । गण्डकीका ओपनर अर्जुन कुमालले अविजित ४९ रन बनाए ।

दीपक डुम्रेले १३ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । मधेसका विशाल पटेल, रञ्जित कुमार, आशिक बैठा र आदिल आलमले एक÷एक विकेट लिए । वर्षाका कारण ३५ ओभरमा झारिएको खेलमा टस हारेर ब्याटिङ गरेको मधेसले ३४.५ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनाएको थियो ।

मधेसका लागि ओपनर मयन यादवले ४३ र प्लेयर अफ दि म्याच विशाल सुस्लिङले ४० रन बनाए । कप्तान अनिल साहले ३६, विशाल पटेलले १८ र पवन सर्राफले ११ रन जोडे । मधेसका तीन ब्याटर डकआउट हुँदा तीन ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

गण्डकीका सुभाष भण्डारी र अप्राजित पौडेलले तीन / तीन विकेट लिए । अंकित न्यौपाने, क्रिविन श्रेष्ठ, कमल परियार र सन्देश पन्थीले एक / एक विकेट हात पारे । जितसँगै मधेस तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । ६ खेलबाट मधेसले ९ अंक बटुलेको छ । गण्डकी भने आठौं स्थानमा छ । गण्डकीले सात खेलबाट पाँच अंक प्राप्त गरेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.