ओडारदेखि आफ्नै घरमा प्रजाको परिवार

ओडारदेखि आफ्नै घरमा प्रजाको परिवार
सुन्नुहोस्

धादिङ : धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ मैवाङका इस्तराम प्रजाको परिवारका लागि बुधबार केवल घर सर्ने दिन मात्र थिएन, त्यो दिन उनीहरूको जीवनकै ठूलो मोड थियो । पुस्तौंदेखि ओडारमा बस्दै आएको यो परिवार पहिलो पटक आफ्नै छानोमुनि सुरक्षित रूपमा बस्न पाएको छ ।

ढुङ्गामुनिको अँध्यारो र जोखिमपूर्ण जीवन उनीहरूको दैनिकी बनिसकेको थियो । वर्षात्, चिसो र असुरक्षाबीच दुई पुस्ताले बिताएको त्यो संघर्ष सहज थिएन । राज्यले प्रत्याभूत गरेको आधारभूत अधिकार आवास उनीहरूको पहुँचभन्दा धेरै टाढा थियो ।

तर, चैत ९ गते विभिन्न सञ्चारमाध्यममा उनीहरूको कथा बाहिरिएपछि परिस्थितिले मोड लियो । एक समाचारले समाज र सरोकारवालाको ध्यान तान्यो र त्यही ध्यानले परिवर्तनको ढोका खोलिदियो । काठमाडौंका तुलसी श्रेष्ठले घर बनाउन दुई रोपनी जग्गा उपलब्ध गराए । त्यसपछि नेपाली सेनाको भैरव गणका २० जना सुरक्षाकर्मी खटिए ।  विभिन्न संघसंस्थाको सहयोगले यो पहल अझ मजबुत बन्यो ।

घर मात्र होइन, इस्तराम दम्पतीको पहिचान पनि सुनिश्चित भयो । नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित उनीहरूलाई जिल्ला प्रशासन कार्यालय धादिङले ओडारमै पुगेर नागरिकता प्रदान गर्‍यो। त्यो क्षण उनीहरूको लागि राज्यसँग जोडिने पहिलो औपचारिक ढोका थियो ।

नेपालको संविधानको धारा ३७ ले प्रत्येक नागरिकलाई आवासको अधिकार सुनिश्चित गरेको छ । तर, व्यवहारमा त्यो अधिकार सबैसम्म पुगेको छैन भन्ने उदाहरण इस्तरामको परिवार थियो । अहिले भने उनीहरूको जीवनमा त्यो अधिकारले आकार लिएको छ ।

नयाँ घरको ढोकाबाट भित्रिँदा इस्तराम परिवारका अनुहारमा देखिएको खुशी केवल व्यक्तिगत उपलब्धि होइन, त्यो सामूहिक प्रयास र मानवियताको जीत हो । अब उनीहरूका लागि भविष्य केवल बाँच्ने संघर्ष होइन, सपनाहरू बुन्ने अवसर पनि बनेको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.