पक्राउ पुर्जी जारी भएपछि देउवाले भने- सम्पत्तिको यथार्थ विवरण पेस गरिसकेको छु

पक्राउ पुर्जी जारी भएपछि देउवाले भने- सम्पत्तिको यथार्थ विवरण पेस गरिसकेको छु
फाइल फोटो

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भइरहेको भन्ने विषयमा सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले आफ्नो र परिवारको सम्पत्तिसम्बन्धी विषयमा भ्रामक र झुटा प्रचार भइरहेको दाबी गर्दै नेपालको कानुनअनुसार सार्वजनिक पदमा रहँदा सम्पत्तिको यथार्थ विवरण सम्बन्धित निकायमा पेश गरिएको स्पष्ट पारेका छन् । आफ्नो सामाजिक सञ्जालमा लेख्दै देउवाले देशमा लोकतान्त्रिक शासन व्यवस्था, विधिको शासन, स्वतन्त्र न्यायपालिका तथा पारदर्शिताका लागि आफूले जीवनभर संघर्ष गरेको उल्लेख गर्दै आफ्नो जीवनलाई ‘खुला पुस्तक’ का रूपमा व्याख्या गरेका छन् ।

उनले भ्रष्टाचार नियन्त्रणका लागि आफू गृहमन्त्री हुँदा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र प्रधानमन्त्री हुँदा २०५९ सालमा भ्रष्टाचार निवारण ऐन लागू गरिएको स्मरण गराएका छन् । हाल स्वास्थ्य उपचारका लागि विदेशमा रहेको जानकारी दिँदै उनले वास्तविकता समय क्रमसँगै बाहिर आउने विश्वास व्यक्त गरेका छन् । उनले सञ्चारमाध्यममा अतिरञ्जित रूपमा आएका विवरणबाट भ्रममा नपर्न सबैमा आग्रह गरेका छन् ।  

कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । काठमाडौं जिल्ला अदालतले देउवा र उनकी पूर्व परराष्ट्रमन्त्री पत्नी आरजुलाई पक्राउ गर्न अनुमति दिएको हो । पक्राउ पुर्जी जारी भएपछि देउवाको यस्तो धारणा सार्वजनिक भएको हो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.