कोशीमा प्रहरीको गुण्डागर्दी नियन्त्रण अभियान, सूची संकलन सुरु भएपछि डनहरू फरार

कोशीमा प्रहरीको गुण्डागर्दी नियन्त्रण अभियान, सूची संकलन सुरु भएपछि डनहरू फरार
सुन्नुहोस्

सुनसरी : कोशी प्रदेशका विभिन्न जिल्लामा गुण्डागर्दी र बिचौलिया समूहविरुद्ध प्रहरी सक्रिय बनेपछि यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको भागदौड मच्चिएको छ । शान्ति–सुरक्षामा असर पार्ने तत्वहरूको पहिचान गर्न गृह मन्त्रालय निर्देशन दिएपछि प्रहरीले प्रदेशभरि उनीहरूको नाम संकलन गर्ने काम सुरु गरेको छ ।

प्रहरी स्रोतका अनुसार गृह मन्त्रालयले सुनसरी, मोरङ, झापा, उदयपुर, धनकुटालगायत जिल्लाका मातहतका प्रहरी कार्यालयलाई गुण्डागर्दीमा संलग्न व्यक्तिहरूको विवरण संकलन गरी पठाउन निर्देशन दिएको हो । सोही निर्देशनअनुसार प्रदेशका प्रमुख शहरहरू-बिराटनगर, धरान, दमक, बिर्तामोड, उर्लाबारी, बेलबारी र काँकडभिट्टाबाट यस्ता व्यक्तिहरूको नाम संकलन भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयमार्फत देशभरका युनिटहरूलाई गुण्डागर्दीमा संलग्नहरूको सूची तयार गर्न भनिएको छ । सूची संकलन सुरु भएसँगै यस क्षेत्रमा सक्रिय केही ‘गुण्डा नाइके’ हरू मोबाइल बन्द गरेर सम्पर्कविहीन बनेका छन् ।

प्रहरी स्रोतका अनुसार गृहमन्त्री सुदन गुरुङले सरकारविरुद्ध हुन सक्ने गतिविधिमा यस्ता समूहको प्रयोग हुनसक्ने आशंका व्यक्त गर्दै उनीहरूलाई निगरानीमा राख्न र आवश्यक परे पक्राउ गरी मुद्दा चलाउन निर्देशन दिएका छन् । साथै, विगतमा विभिन्न अभियोग लागेर कारबाही हुन बाँकी रहेका व्यक्तिहरूलाई समेत नियन्त्रणमा लिन निर्देशन दिइएको बुझिएको छ । प्रहरीले यो अभियानलाई शान्ति–सुरक्षा सुदृढीकरणको महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ । 

कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी बिनोद घिमिरेले प्रदेशका १४ वटै जिल्लामा गुण्डागर्दी र बिचौलिया नियन्त्रण अभियान सञ्चालन गरिएको बताए । उनले सर्बसाधारणलाई विभिन्न प्रकारका डर, धम्की दिने, विभिन्न बहनामा रकम असुल गरी शान्ति सुरक्षामा खलल पुर्‍याउने र सरकारी कार्यालयहरुमा सेवाग्राहीको काममा बिचौलियाको भूमिका खेल्नेबिरुद्ध प्रहरी परिचालन गरिएको बताए । सर्बसाधारणलाई कसैले डरधम्की र त्रास फैलाय त्यस्ता ब्यक्तिहरुको बारे नजिकैको प्रहरी कार्यालयमा तत्काल जानकारी दिन पनि डिआइजी घिमिरेले सबैमा आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.