भरुवा बन्दुक र छर्रासहित गोरखा आरुघाटका बोगटी पक्राउ
गोरखा : भरुवा बन्दुक र त्यसमा प्रयोग हुने छर्रासहित गोरखा आरुघाटका बाबुराम बोगटी पक्राउ परेका छन् । प्रहरीले आरुघाट गाउँपालिका–२ मान्बुबेशीका ३६ वर्षका बोगटीलाई मंगलबार पक्राउ गरेको जनाएको छ ।
उनको साथबाट एकथान भरुवा बन्दुक र छर्रा बरामद गरिएको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनीलाई हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा बुधबार गोरखा जिल्ला अदालतमा मुद्दा दर्ता गरी ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस !