ओली र लेखक हाजिरी जमानतमा रिहा हुँदै

ओली र लेखक हाजिरी जमानतमा रिहा हुँदै
सुन्नुहोस्

काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक हाजिरी जमानतमा रिहा हुने भएका छन्। सर्वोच्च अदालतको आदेशअनुसार  जिल्ला प्रहरी परिसर काठमाडौंले ओली र लेखकलाई रिहाइ गर्न लागेको हो।

सरकारी वकिलको सहमतिमा आवश्यक परेको बेला उपस्थित हुनेगरी ओली र लेखकलाई रिहा गर्ने निर्णय भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिए।

भदौ २३/२४ गते जेनजी आन्दोलनका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि दुवैजनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले तेस्रो पटक म्याद थपेको थियो। पक्राउ पछि ओली उपचारका लागि अस्पतालमा र लेखकलाई महाराजगञ्जस्थित सशस्त्र प्रहरीको २ नम्बर गणमा राखेको थियो।

ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले चैत्र २३ गते चौथो पटक म्याद नथप्न र अनुसन्धान पूरा भए हिरासतमुक्त गर्न परमादेश जारी गरेको थियो। सर्वोच्चको सोही आदेशअनुसार काठमाडौं जिल्ला अदालतबाट थप भएको म्याद बुधबार सकिएको हो। 

म्याद सकिएसँगै प्रहरीले दुवैजनालाई हिरासत मुक्त गर्न लागेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.