कर्तब्य ज्यान मुद्दाका आरोपित ३० बर्षपछि पक्राउ
स्याङ्जा : कर्तब्य ज्यान मुद्दाका फरार आरोपित ६३ वर्षीय हेमबहादुर केसी २९ बर्ष ७ महिनापछि बुधवार पक्राउ परेका छन् । केसीले २०५३ कात्तिक ३ गते वालिङस्थित सिद्धार्थ राजमार्गमा तत्कालीन वालिङ गाविस–६ बस्ने रनबहादुर सारूलाई कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले १९ बर्ष ७ महिना २१ दिनको कैद सजाए तोकेको थियो ।
त्यसपछि उनी झण्डै ३० बर्ष फरार रहे । प्रहरी टोलीले उनलाई पक्राउ गरी कैद भुक्तानको लागि स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराई जिल्ला कारागार स्याङ्जा चलान गरिएको प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिए । कर्तव्य गरी हत्या गरी गाडीले किचेको जस्तो देखाउन खोजी सवारी दुर्घटनाको स्वरूप दिने प्रयास गर्न खोजेको पनि प्रहरी दावी छ ।
प्रतिक्रिया दिनुहोस !