गलत नम्बरमा गरेको फोन कलले लियो दाजुभाइकै ज्यान

गलत नम्बरमा गरेको फोन कलले लियो दाजुभाइकै ज्यान

ललितपुर : ललितपुर प्रहरीले ललितपुर पाटनको कृष्ण मन्दिर परिसरमा बुधबार राति भएको दाजुभाइको हत्या प्रकरणमा थप अनुसन्धान सुरू गरिएको जनाएको छ । 

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीले दाजुभाइमाथि छुरा प्रहार गरी हत्या गर्ने ललितपुर महानगरपालिका–९ भूलढोकाका सञ्जीव नेपाली र उनका सहयोगी गैंडाकोटका गगन सुनारलाई पक्राउ गरी थप अनुसन्धान सुरू गरिएको जानकारी दिए । सामान्य फोन कल गलत नम्बरमा पुगेपछि विवाद सुरु भएको र त्यसपछि सञ्जीवले दाजुभाइलाई पाटनमा बोलाएको खुलेको छ ।

पाटनमा भेटका क्रममा सञ्जीवले झापाको कमल गाउँपालिका–६ का बर्ष ३३ का सुमित नेम्बाङ र बर्ष २५ का सृजन नेम्बाङलाई छुरा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसएसपी बोगटीले जानकारी दिए ।

पक्राउ परेका सञ्जीव नेपाली मासु पसलमा काम गर्ने गरेको र यसअघि पनि अपराधिक गतिविधिमा लागेको देखिएको प्रहरीले जनाएको छ । घटनाको सिसिटिभि क्यामरा र प्रत्यक्षदर्शीसँग सोधपुछ गरेर थप अनुसन्धान भइरहेको एसएसपी बोगटीले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.