कालोभीरमा सुख्खा पहिरो : उत्तरी गोरखा जाने सडक अवरुद्ध

कालोभीरमा सुख्खा पहिरो : उत्तरी गोरखा जाने सडक अवरुद्ध
बेनिघाट–लार्के सडकको धार्चे ३ स्थित कालोभीरमा खसेको सुख्खा पहिरो । तस्बिर :वाङचुक राप्तेन लामा
सुन्नुहोस्

गोरखा : कालोभीरमा ठूलो पहिरो खसेपछि बेनिघाट–आरुघाट–लार्के सडक अवरुद्ध बनेको छ । धार्चे गाउँपालिका–३ स्थित कालोभीरमा चट्टानसहितको सुख्खा पहिरो खसेपछि उत्तरी मनास्लु क्षेत्र प्रवेश गर्ने मुख्य सडक अवरुद्ध बनेको हो ।

सो सडक नेपाली सेनाले निर्माण गरेको हो । सडक अवरुद्ध भएपछि उत्तरी गोरखा जाने स्थानीयबासी तथा मनास्लु क्षेत्र प्रवेश गर्ने पर्यटकहरु दोभानस्थित झोलुङ्गे पुल तरेर बूढीगण्डकी पारिबाट पैदल हिँड्न बाध्य भएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।

‘२२ गते पनि पहिरो खसेर सडक अबरुद्ध भयो । दिनभर जेसिभी लगाएर साँझबाट गाडी चल्न मिल्ने बनायौँ’,गुरुङले भने,‘राती फेरि पहिरो गएछ । अहिले त सडकको ‘बेश’ नै बूढीगण्डकीमा झरेछ । माथिबाट अजंगको चट्टानसहितको पहिरो झरेर त्यसको चापले सडकै भासिएर बूढीगण्डकीमा खसेछ ।’ सो ठाउँमा ब्लास्ट गरेर पुनः नयाँ ‘बेस’ निर्माण गर्नुपर्ने उनले बताए ।

सो खण्डको समस्या अध्ययन गर्न नेपाली सेनाले सडक निर्माण कार्यदलको प्राविधिकलाई पठाएको छ । ‘निर्माण कार्यदलका प्राविधिक पठाएका छौँ’,रुद्रध्वज गणका गणपति बिरोध रिजालले भने,‘उहाँहरू पुगेर प्रतिवेदन दिएपछि सडकको अवस्थाबारे एकीन हुन्छ ।’ 

सडक अवरुद्ध बनेपछि उत्तरी गोरखाका लागि सामान ढुवानीमा समेत समस्या भएको स्थानीयले बताएका छन् । धेरै ठूलो पहिरो भएकाले यसलाई हटाउन धेरै दिन लाग्न सक्ने देखिएको चुमनुब्री ७ का वाङचुक राप्तेन लामाले जानकारी दिए ।

अहिले पर्यटकहरू सो मार्ग हुँदै मनास्लु भ्रमणमा जाने मुख्य सिजन हो । पदयात्रीलाई पहिरोभन्दा पारिको पदमार्ग प्रयोग गर्न पालिकाले अनुरोध गरेको छ । पृथ्वीराजमार्गको बेनिघाटदेखि चीनको सिमानामा पर्ने लार्केसम्म १५४ किलोमिटर सडक निर्माण गर्ने लक्ष्यसहित २०७४ सालदेखि नेपाली सेनाले सो सडक निर्माण गरिरहेको छ । जसमध्ये ९७ किलोमिटर अर्थात चुमनुब्री ३ को पाङसिङसम्म ट्रयाक खुलेर सवारी चल्न थालिसकेको छ ।

हावाडाँडादेखि दोभानसम्मको १८ किलोमिटर खण्ड नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण समेत गरिसकेको छ। अहिले पाङसिङदेखि माथि ट्रयाक खोल्ने काम भइरहेको छ । सो क्षेत्रमा चार खण्डमा विभाजन गरी काम भएको नेपाली सेनाको सडक निर्माण कार्यदलले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.