बिलबिजक बिनाका खाद्य सामग्री प्रहरी नियन्त्रणमा
स्याङ्जा : स्याङ्जा र पाल्पा जिल्लाको चेक पोइन्ट अर्थात गल्याङ नगरपालिका–१ राम्दीमा प्रहरीले बिलबिजक बिनाका एक लाख भन्दा बढी मूल्यका खाद्य सामग्रीसहित ट्रक नियन्त्रणमा लिएको छ ।
सिद्धार्थ राजमार्ग अन्र्तगत स्याङ्जा खण्डमा बुधबार साँझ अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको टोलीले सवारी चेकजाँच गर्दा भैरहवाबाट पोखरातर्फ आउदै गरेको ग १ क ४५३९ नम्बरको मिनी ट्रकमा राखिएका ती खाद्य सामाग्री नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
विभिन्न ब्रान्डका ती सामानहरू आवश्यक कागजात बिना ढुवानी भएको भेटिएकाले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए । खाद्य सामगीमा ३ हजार वटा ओरियो बिस्कुट, २६४ वटा स्मिकर्स मिठाई, ८४० वटा माल्किस्ट बिस्कुट र १८० वटा डेरी मिल्क चकलेट रहेको प्रहरीको भनाई छ । ती सामग्रीको अनुमानित मूल्य एक लाख ५६५ रुपैयाँ छ । खाद्य सामग्रीसहित ट्रक नियन्त्रणमा लिइएकोे छ । घटनाबारे थप अनुसन्धान भइरहेको स्याङ्जा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !