यामाहा नेपालद्वारा दुईपाङ्ग्रे सवारीको भव्य मेला “ब्लु फेस्ट” को घोषणा

यामाहा नेपालद्वारा दुईपाङ्ग्रे सवारीको भव्य मेला “ब्लु फेस्ट” को घोषणा

काठमाडौं : यामाहा नेपालले आफ्नो अधिकृत वितरक एमएडब्लू राइड्स मार्फत बहुप्रतिक्षित वार्षिक कार्यक्रम “यामाहा ब्लु फेस्ट” पुनः आयोजना गर्ने भएको छ। यो कार्यक्रम यही चैत २९ देखि वैशाख ५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुनेछ। कार्यक्रमको पहिलो दिन विशेष उद्घाटन समारोहमा ब्रान्ड न्यू Yamaha FZ-S न्यू जेन: लिड द नेक्स्ट सार्वजनिक हुनेछ, जसले यस साताव्यापी इनोभेसन, प्रदर्शन र ग्राहक सहभागिताको उत्सवको सुखद सुरुवात गर्नेछ।

पूर्ण दुईपाङ्ग्रे अनुभव प्रदान गर्नेगरी डिजाइन गरिएको ब्लु फेस्टले मोटरसाइकल पारखी, आम मानिस तथा सम्भावित ग्राहकहरूलाई यामाहाका अपग्रेड गरिएका नयाँ हाइ-टेक मोटरसाइकल तथा स्कुटरहरू नजिकबाट अवलोकन गर्ने अवसर प्रदान गर्नेछ। यस वर्ष “एक्सचेन्ज कार्निभल”को अनुभव पनि समावेश गरिएको छ, जसले ग्राहकहरूलाई सजिलो र विश्वसनीय रूपमा आफ्नो सवारी अपग्रेड गर्न थप सहज बनाउनेछ।

आगन्तुकहरूले आफ्ना हाल चढिरहेका मोटरसाइकल ल्याएर ५० भन्दा बढी व्यवसायिक रिकन्डिसन हाउसहरूको सहयोगमा अन-द-स्पट मूल्यांकन गराउन सक्नेछन्, जसले बजार अनुसार उत्कृष्ट मूल्य सुनिश्चित गर्नेछ। सहज एक्सचेन्ज विकल्पहरूसँगै ग्राहकहरूले ब्राण्ड न्यू यामाहा पनि एकदम छिटो किन्न सक्नेछन्।

ग्राहकहरूको पहुँच थप सहज बनाउन यामाहाले सरल र लचिलो फाइनान्सिङ सुविधा पनि उपलब्ध गराएको छ। ग्राहकहरूले नागरिकता मार्फत अन-द-स्पट फाइनान्स सुविधा लिन सक्नेछन्, साथै ४० महिनासम्म विस्तार हुने सस्तो ईएमआई योजनाको लाभ पनि उठाउन सक्नेछन्। खरिदकर्ताहरूले रु ५ लाखसम्मको क्यासब्याक अफर पनि पाउनेछन्, जसले यो समयलाई यामाहा दुईपाङ्ग्रे सवारीमा लगानी गर्ने उत्कृष्ट अवसर बनाएको छ। साथै, नयाँ वर्षको ब्लु कोड अफर पनि कार्यक्रम अवधिभर लागू हुनेछ।

“यामाहा ब्लु फेस्ट इनोभेसन र नेपाली ग्राहकहरूसँगको हाम्रो सम्बन्धको उत्सव हो। यो ग्राहकहरूको लागि हाम्रो अपग्रेड गरिएको हाइ-टेक मोटरसाइकलको अनुभव लिने र यसलाई खरिद गरी नयाँ यात्राको सुरुवात गर्ने अवसर हो,” एमएडब्लू राइड्स का कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले भने।

खरिद अनुभवका अलावा ब्लु फेस्टले जोशले भरिएको मनोरञ्जन र सहभागिताको अनुभव पनि प्रदान गर्नेछ। सहभागीहरूले रमाइलो स्टन्ट शो, टप राइडर, क्रिएटर र सेलिब्रिटीहरूसँग भेटघाट गर्ने मौका पाउनुका साथै आकर्षक कस्प्ले प्रस्तुति पनि हेर्न पाउनेछन्। कार्यक्रम अवधिभर आकर्षक डुअर प्राइज र निःशुल्क एसेसरीजहरू पनि उपलब्ध हुनेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.