गायिका आशा भोसलेको निधन

गायिका आशा भोसलेको निधन

भारत : धेरै नेपाली गीतहरुमा समेत आफ्नो जादूमय स्वर दिएकी प्रसिद्ध भारतीय गायिका आशा भोसलेको आइतबार निधन भएको छ । मुम्बईस्थित ब्रिच क्याण्डी हस्पिटलका चिकित्सकहरूले उनको निधनबारे पुष्टि गरेका छन् । उनको अन्त्येष्टि भोलि सोमबार गरिने परिवारले जनाएको छ ।

हृदयाघात (कार्डियाक अरेस्ट) भएपछि शनिबार ९२ वर्षीया उनलाई अस्पताल भर्ना गरिएको थियो । भारतीय संगीत क्षेत्रमा उनी एक ठूलो व्यक्तित्वका रूपमा चिनिन्थिन् र पाश्र्व गायिकाको रूपमा उनले धेरै स्मरणीय गीतहरू दिएकी थिइन् । ‘नया दौर’ देखि ‘तीसरी मंजिल’, ‘हरे रामा हरे कृष्णा’ देखि ‘उमराव जान’ र ‘इजाजत’ हुँदै ‘रंगीला’ सम्म... समय बदलियो, दृश्य बदलियो, पुस्ता बदलियो, पर्दामा नायिकाहरू बदलिए, तर आशाको आवाज सधैं युवा नै रह्यो । 

तर उनको आवाजको चञ्चलता र रमाइला गीतहरूको चर्चा गर्दा, उनको लामो र कठिन संघर्षको कुरा प्रायः कम गरिन्छ । वास्तवमा, आफ्नो असाधारण प्रतिभाका बावजुद पनि आशा भोसले ‘नम्बर दुई’ को स्थानमै सन्तोष मान्नु पर्‍यो, किनकि हिन्दी फिल्म उद्योगमा ‘नम्बर एक’ मा उनकी आफ्नै महान दिदी लत्ता मंगेशकर थिइन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि गायिका आशा भोसलेको स्वास्थ्य अवस्थालाई लिएर चिन्ता व्यक्त गर्दै भगवानसँग स्वास्थ्य लाभको कामना गरेका थिए । एक पारिवारिक स्रोतले बीबीसी न्यूज हिन्दीलाई बताए अनुसार आशा भोसले फोक्सो र उमेरसँग सम्बन्धित अन्य रोगसँग पनि संघर्ष गरिरहेकी छन् ।

८ सेप्टेम्बर १९३३ मा जन्मिएकी आशा भोसलेले १९४३ मा १० वर्षको उमेरमै गाउन सुरु गरेकी थिइन् । उनले ९० वर्षको उमेरसम्म पनि गायन जारी राखिन्। उनले हंसराज बहल, ओपी नैय्यर, मदन मोहन, आरडी बर्मन, इलैयाराजा, अनु मलिकदेखि एआर रहमानसम्मका संगीतकारहरूसँग काम गरेकी छन् । 

उनले मोहम्मद रफी, मुकेश, किशोर कुमारदेखि बॉय जर्ज र आदित्य नारायणसम्मका गायकहरूसँग पनि गीत गाएकी छन् । सन् १९९५ मा उस्ताद अली अकबर खानसँगको एल्बमका लागि उनलाई ग्रामी अवार्डमा नामांकन गरिएको थियो । आशा भोसलेले १०,००० भन्दा बढी गीतहरू रेकर्ड गरेकी छन् । संगीत विश्लेषक राजीव विजयकरले सन् २०२३ मा बीबीसीसँग भनेका थिए, ‘आशा भोसलेको विशेषता भनेको समयसँगै अघि बढ्नु हो । उनले कहिल्यै पुराना चीजहरू मात्र राम्रो हुन्छन् भन्ने मान्यता राखिनन् । उनको आवाज जति भजनमा मिल्छ, त्यति नै क्याबरेमा पनि मिल्छ ।’

उनी भन्छन्, ‘विविधता नै उनको शक्ति हो, जसले उनलाई यहाँसम्म ल्याएको हो । उदाहरणका लागि ‘आगे भी जाने न तू...’ गीत हेर्नुहोस,् यसमा दर्शन पनि छ र यो नाइट क्लब गीत पनि हो । आशाको यस गीतमा एक प्रकारको पीडा छ । नाइट बारमा पनि मिल्ने गरी गीतमा यस्तो भाव ल्याउनु सजिलो हुँदैन, जुन आशा भोसलेले सम्भव बनाइन् ।’ आशा भोसलेले धेरै नेपाली चलचित्रहरुका लागि गीत गाएकी छिन् । उनले मोहनी लाग्ला है, साउने झरीमालगायत धेरै नेपाली गीत गाएर नेपाली स्रोताको मन जितेकी छिन् । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.