चौथो एपाक आईपीभी सिक्स काउन्सिल मीट सम्पन्न
काठमाडौं : सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आईपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा सम्पन्न भएको छ। गत बिहीबारदेखि सुरू भएको सम्मेलन डिजिटल पूर्वाधार र इन्टरनेट पारिस्थितिक प्रणाली विषयक छलफलसहित सम्पन्न भएको हो।
सम्मेलनको पहिलो दिन आइपीभी सिक्स सञ्चालित एआई डाटासेन्टरहरूको साथले इन्टरप्राइज आईसीटीको भविष्यलाई आकार,आईपीभी सिक्सको विकासक्रमको अनुभव,आईपीभी सिक्सका साथमा साइबर सुरक्षा र जोखिम नेपालको सार्वभौम डिजिटल रोडम्यापलगायतका विषयमा छलफल भएको थियो।
यसैगरी नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र एसिया -प्रशान्त क्षेत्रमा आईपीभी६ प्रवर्द्धनका लागि समर्पित संस्था एपाक आईपीभी सिक्स काउन्सिलबीच एक महत्त्वपूर्ण सहकार्य सम्झौतामा हस्ताक्षरसमेत भएको छ। सम्झौतामा एपाक आईपीभी ६ का तर्फबाट प्रा। एमेरिटस डा. सुरेश्वरन रामदास तथा सुबिसुका तर्फबाट सीईओ बिनय मोहन साउदले हस्ताक्षर गरेका हुन्।
चौथो एपाक आईपीभी ६ काउन्सिल मीटको अवसरमा सम्पन्न यो सम्झौताले नेपालको डिजिटल पूर्वाधार विकासमा नयाँ ऐतिहासिक अध्याय थप्ने अपेक्षा गरिएको छ। सम्मेलनको दोस्रो दिन विभिन्न क्षेत्रका दिग्गजहरूले विभिन्न विषयमा आफ्ना मन्तव्य राखेका छन्।
पहिलो सत्रमा सीएन ल्याब्सका निर्देशक कृष्णकुमार लाहोतीले भौतिक रुपमा आईपीभी सिक्स कम्प्लायन्स तथा आईक्यान क्ष्ऋब्ल्ल् को एशिया प्रशान्त क्षेत्रका टेक्निकल इन्गेजमेन्ट डाइरेक्टर चम्पिका विजयतुङ्गाले नेपालमा डीएसएससेकको कार्यान्वयन सम्बन्धमा भर्चुअल माध्यमबाट आफ्ना धारणा राखे।
दोस्रो सत्रमा शुरुमा एपाक आईपीभी सिक्स काउन्सिलका अध्यक्ष डा. नवनीथन सी. अर्जुमनले आईपीभी सिक्स कार्यान्वयनका रणनीतिबारे प्रकाश पारे। त्यसपछिको सत्रमा सानिमा बैंकका तर्फबाट बिक्रम श्रेष्ठले वित्तीय क्षेत्रका लागि आईपीभी ६ चुनौतीका बारेमा तथा आईपीभी ६ फोरमका लतिफ लादिदले विशेष वक्ताका रुपमा आफ्ना भनाइ राखेका थिए। यसैगरी डिजिटल पूर्वाधार र इन्टरनेट इकोसिस्टम विषयमा प्यानल छलफलसमेत भएको थियो। अन्तिम सत्रमा एपीएएनका आईपीभी६ तजा फाइभजी समूह अक्ष्यक्ष डा. नवनीथन सी. अर्जुमनले आईपीभी ६ कार्यान्वयनका लागि सहभागीहरूको लागि कार्यशाला सञ्चालन गरेका थिए।
आईपीभी ६ सम्मेलन भव्यरुपमा आयोजना हुनुलाई सरकारको ‘डिजिटल नेपाल’ अभियानलाई तीव्र गतिमा साकार पार्न एक महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ।यसले आगामी दिनमा नेपालको डिजिटल पूर्वाधारलाई सशक्त बनाउन सहयोग गर्ने आयोजक सुबिसु लिमिटेडका सीईओ बिनय मोहन साउदले बताए।
अन्तराष्ट्रिय सम्मेलन स्वेदशी र विदेशी विज्ञहरु तथा सरोकारबाला निकायहरूबिच अनुभव साटासाट गर्दै सफलतापूर्वक आयोजना सम्पन्न भएको छ। सीईओ साउदले भने, 'यसले आगामी दिनमा नेपालको नीति नियम बनाउन समेत सघाउने अपेक्षा गरिएको छ। साथै विश्वस्तरमा नवीनतम प्रविधि अवलम्बन गर्ने प्रकृयामा नेपाल पनि सँगसँगै अगाडि बढिरहेको छ भन्ने देखाउँछ।'
आईपीभी सिक्स सम्मेलनको अवसर पारेर क्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले यो सम्मेलनले आईपीभी सिक्स प्रयोग गरेर कनेक्टिभिटी र उपलब्धता विस्तार गर्न मद्दत गर्ने बताए। यसैगरी आईपीभी सिक्स अगाडि बढ्ने बाटो हो भन्ने तथ्यलाई स्वीकार गर्नुपर्ने उनको भनाइ छ।
आईपीभी सिक्स माइग्रेसनलाई सम्बोधन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले अन्तर्राष्ट्रिय सम्मेलनको अवसर पारेर तयार पारेको परामर्श पत्र प्रस्तुत गरेको छ, अध्यक्ष भण्डारीले भने,'आईपीभी सिक्स अपनाउने चुनौतीहरू सीमापारसमेत साझा गरिएका छन्। त्यसैले प्राधिकरणले सम्मेलनलाई विशेष महत्त्व दिएको छ।'
प्रतिक्रिया दिनुहोस !