इरान र अमेरिकाबीच सम्झौता हुनै लाग्दा अन्तिममा भएको के हो ?
अमेरिका र इरान बीचको वार्ता विनानिष्कर्ष टुंगिएको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले युद्ध अन्त्य गर्ने मनसायले अमेरिकासँग वार्ता भए तापनि अन्तिममा थप माग र प्रतिबन्धहरू अघि सारेपछि वार्ता सफल नभएको बताए।
उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘जब हामी इस्लामावाद सम्झौताबाट केही कदम मात्र टाढा थियौं, हाम्रोसामु थप मागहरू राखियो। परिवर्तन गरिएको सर्त र प्रतिबन्धहरू अगाडि सारियो।’
वार्तापछि उनले अमेरिकामाथि आक्रोश व्यक्त गरेका छन्। उनले भने, ‘कुनै पाठ सिकिएन। असल नियतले असल नियत जन्माउँछ। शत्रुताले शत्रुता जन्माउँछ।’
युद्ध अन्त्य गर्न पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका र इरानबीच वार्ता भएको थियो। तर, त्यो अनिर्णीत रह्यो। वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब अमेरिकाले होर्मुजको जलडमरूबाट गुज्रने हरेक जहाजलाई रोक लगाउने धम्की दिएका छन्।
प्रतिक्रिया दिनुहोस !