पूर्वप्रधानमन्त्री ओलीको पत्थरीको सफल शल्यक्रिया

पूर्वप्रधानमन्त्री ओलीको पत्थरीको सफल शल्यक्रिया
सुन्नुहोस्

काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरीको शल्यक्रिया सफलता पूर्वक सम्पन्न भएको छ। ओलीको सचिवालयका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ओलीको पत्थरीसम्बन्धी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो।

चैत्र १४ गते ओलीलाई गुण्डुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो। स्वास्थ्य अवस्थाको कारण देखाउँदै ओली त्यही दिन टिचिङ अस्पताल भर्ना भएका थिए। ओलीलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनकी पत्नी राधीका शाक्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले पूर्वप्रधानमन्त्री ओली र उनीसँगै पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकमाथि अनुसन्धान गर्न पछिल्लो म्याद सकिएपछि हिरासतमुक्त गर्न आदेश दिएको थियो। सोही आदेशपछि हाजिर जमानीमा छुटेपनि अस्वस्थका कारण ओली भने अस्पतालमै बसेका थिए।

जेनजी आन्दोलनका घटनाको अनुसन्धान गर्न गठित जाँचबुझ आयोगले ओली र लेखकलाई फौजदारी अभियोगमा मुद्दा चलाउन सिफारिस गरेपछि प्रहरीले दुवैजनालाई नियन्त्रणमा लिएको थियो।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.