संयुक्त राष्ट्रसंघका महासचिवले दिए प्रधानमन्त्री बालेन शाहलाई बधाई
काठमाडौं : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएका छन्।
गत अप्रिल ८ मा पठाइएको बधाई सन्देशमा महासचिव गुटेरेसले प्रधानमन्त्री शाहको कार्यकाल सफल रहोस् भन्ने कामना व्यक्त गरेका छन्। उनले नयाँ पुस्ताले निर्णायक प्रगति, सार्वजनिक जीवनमा उच्च इमानदारी तथा नागरिकमुखी संस्थागत सुधारको माग गरिरहेको सन्दर्भमा शाहको नेतृत्व महत्वपूर्ण समयमा आएको उल्लेख गरेका छन्।
महासचिवले संयुक्त राष्ट्रसंघ नेपाल सरकारका प्राथमिकताहरू कार्यान्वयनमा सहयोग गर्न तयार रहेको बताए। उनले दिगो विकासका लागि सन् २०३० को एजेन्डाअनुसार दीर्घकालीन साझेदारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
त्यसैगरी, नेपालले संयुक्त राष्ट्रसंघसँग कायम राखेको सहकार्य तथा बहुपक्षीय प्रतिबद्धताप्रति पनि उनले प्रशंसा व्यक्त गरेका छन्। पत्रको अन्त्यमा महासचिव गुटेरेसले प्रधानमन्त्री शाहप्रति उच्च सम्मान व्यक्त गर्दै आफ्नो हार्दिक शुभेच्छा प्रकट गरेका छन्।
प्रतिक्रिया दिनुहोस !