बिस्का जात्रा : हात नभएको लिंगो उठाइयो
भक्तपुर :बिस्का जात्राअन्तर्गत सोमबार बिहान भक्तपुरको पोटरी स्क्वायरमा हात नभएको ल्योसिंद्य (लिंगो) उभ्याइएको छ । जात्रा अन्तर्गत प्रत्येक वर्षको अन्तिम दिन यसवर्ष चैत ३० गते बिहान यही ठाउँमा लिंगो उठाइने गरिन्छ।

जात्राको क्रममा आजै साँझ भक्तपुर नगरपालिका वडा नं ५ ल्योसिंखेलमा ५५ हात लामो ल्योसिंद्य उठाइँदैछ । यो लिंगोलाई वैशाख १ गते ढाल्ने परम्परा छ । तर, पोटरी स्क्वायरमा उठाइएको लिंगोलाई भने जात्राको अन्तिम दिन बैशाख ५ गते मात्रै ढाल्ने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस !