मन्त्रीको सम्पत्तिको स्रोत सार्वजनिक गर्न माग गर्दै काठमाडौंमा विद्यार्थीको प्रदर्शन
काठमाडौं : बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरूको सम्पत्तिको स्रोत सार्वजनिक गर्न माग गर्दै विद्यार्थीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। सोमबार अखिल क्रान्तिकारीले मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको वैध स्रोत सार्वजनिक गर्नुपर्ने भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागीहरूले आयस्रोत खुलाऊ, सुनखानी प्रधानमन्त्री शेयरखानी गृहमन्त्री, मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्तिको स्रोत छानविन गर, हामी चुप लाग्दैनौं, आयस्रोत खुलाउनै पर्छ, झण्डा नीलो मन्त्रिपरिषद् पहेँलो लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
अखिल क्रान्तिकारीकी उपाध्यक्ष ममता अधिकारीले रास्वपा नेतृत्वको सरकारमा रहेका सदस्यहरुको सम्पत्ति अस्वभाविक देखिएकाले स्रोत छानबिन गर्नुपर्ने बताइन्। सदनमा प्रतिपक्षी निकै कमजोर भएकाले अखिल क्रान्तिकारी जनताको आवाज लिएर सडकबाटै प्रतिपक्षीको भूमिका निर्वाह गर्ने उनको भनाई छ।
यसअघि आइतबार प्रधानमन्त्री लगायत मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको थियो।
प्रतिक्रिया दिनुहोस !