भृकुटीमण्डपभित्र भाडा नतिर्नेमाथि कारबाही सुरु, २० वटा संरचनामा ताला

भृकुटीमण्डपभित्र भाडा नतिर्नेमाथि कारबाही सुरु, २० वटा संरचनामा ताला
सुन्नुहोस्

काठमाडौं : समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर भाडा नतिर्नेमाथि कारबाही सुरु गरेको छ । परिषद्ले लामो समयदेखि भाडा बक्यौता बाँकी रहेका रिपोटर्स क्लबदेखि अन्य कार्यालय र व्यवसाय सञ्चालन गरेका संरचनामा ताला लगाएको हो । 

भाडा बक्यौता बुझाउनका लागि पटक पटक सूचना जारी गर्दा समेत भाडा तिर्न अटेर गरेकाले ताला लगाइएको परिषद्ले जनाएको छ । परिषद्ले रिपोटर्स क्लव, काठमाडौं पुस्तकालय, फोटो पत्रकार महासंघ, अपाङ्ग महासंघ लगाएत २० वटा संरचनामा ताला लगाइएको परिषद्का सदस्य सचिव सरोज कुमार शर्माले जानकारी दिए । हाल १० करोड भन्दा बढी भाडा उठ्न बाँकी रहेको उनले बताए।

सदस्यसचिव शर्माले अब भृकुटीमण्डपभित्र रहेका संरचनालाई व्यवस्थित गरिने समेत जानकारी दिए। परिषद्ले ताला लगाइएका कार्यालयलाई सात दिनभित्र बक्यौता बुझाउन निर्देशन दिएको छ । महिला तथा बालबालिका मन्त्री सीता बादीको निर्देशनमा परिषद्ले भाडा बक्यौता उठाउन कडा कदम चालेको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.