कांग्रेसको ‘जरा अभियान’ सुरु : सभापति थापाले गरे सदस्यता अद्यावधिक


काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने अभियान सुरु गरेको छ । पार्टीका सभापति गगन कुमार थापाले मंगलबार काठमाडौं महानगरपालिका–३० मा आफ्नो सदस्यता अद्यावधिक गर्दै ‘एक महिने जरामा जाऊँ अभियान’ को शुभारम्भ गरेका हुन् । 

क्रियाशील सदस्यता अध्यावधिक गर्ने र पार्टीलाई पुनर्संगठित गर्ने यस अभियानलाई कांग्रेसले जरा अभियानको रुपमा घोषणा गरेको छ ।  संगठनलाई व्यवस्थित, सुदृढ र अद्यावधिक बनाउने उद्देश्यले सुरु गरिएको जरा अभियान वैशाख मसान्तसम्म सञ्चालन हुने सभापति थापाले बताए । उनले पार्टीको सदस्यता लिइसकेपछि पार्टीको चुनाव चिन्ह बाहेक अन्त मतदान गर्न नपाइने स्पष्ट पारे । 

उनले कार्यसम्पादन समितिको बैठकबाट भातृ संस्थालगायतका बिषयमा महत्वपूर्ण निर्णय लिइने भन्दै पार्टी सम्पूर्ण रुपमा महाधिवेशनमा होमिएको उल्लेख गरे । पार्टीको विधानभन्दा बाहिर गएर पार्टीको अनुशासनभन्दा बाहिर गएर गर्ने कुरालाई संस्थाले स्वीकार गर्न नसक्ने उनले बताए । सभापति थापाले पार्टीभित्र अनावश्यक विवाद ननिकाल्न आग्रह गर्दै सवैलाई मिलाएर लैजाने प्रतिवद्धता समेत जनाए ।

त्यस्तै सभापति थापाले नयाँ सरकारले गर्न खोजेका विधिसम्मत कामहरूमा सम्पूर्ण रूपमा पार्टीको साथ र सहयोग रहने धारणा राखे । अभियानअन्तर्गत देशभरका क्रियाशील सदस्यहरूलाई समयमै सदस्यता नवीकरण तथा अद्यावधिक गर्न कांग्रेसले आग्रह गरेको छ । पार्टीको सदस्यता अध्यावधिक गर्न आफ्नो वडामा आफै जानुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ । विगतमा अरुले नै सदस्यता नवीकरण गरिदिने प्रवृत्तिका कारण सदस्यहरू सक्रिय र जिम्मेवार नभएकाले आफ्नो सदस्यता नवीकरण आफ्नो ठाउँमै गएर गर्नुपर्ने व्यवस्था गर्न लागेको कांग्रेसले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.