भाजपाबाट पहिलो मुख्यमन्त्री बनेका सम्राट चौधरीले लिए शपथ

भाजपाबाट पहिलो मुख्यमन्त्री बनेका सम्राट चौधरीले लिए शपथ

पटना: सम्राट चौधरीले बिहारको २४ औँ मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गरेका छन् । यो सँगै उनी बिहारमा भारतीय जनता पार्टी (भाजपा) बाट मुख्यमन्त्री बन्ने पहिलो नेता बनेका हुन्। राज्यपाल अता हसनैनले उनलाई  बुधबार  पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।  

नीतीश कुमारको राजीनामापछि बिहारमा नयाँ सरकार गठन भएको हो। सम्राट चौधरीसँगै जनता दल युनाइटेड (जदयू) का नेताहरू बिजेंद्र यादव र विजय कुमार चौधरीले उपमुख्यमन्त्रीको रूपमा शपथ लिए।

मंगलबार  अर्थात् १४ अप्रिलमा भाजपा विधायक दलको नेता चुनिएपछि सम्राट चौधरीले राज्यपाल समक्ष सरकार गठनको दाबी पेश गरेका थिए । शपथ ग्रहण समारोहमा एनडीएआबद्ध विभिन्न दलका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो। शपथ लिनुअघि चौधरीले पंचरूप हनुमान मन्दिर पुगेर पूजा-अर्चना गरेका थिए । 

मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि नीतीश कुमारले सामाजिक सञ्जालमार्फत बिहारको विकासमा आफूले धेरै काम गरेको उल्लेख गर्दै भने,'मैले मुख्यमन्त्री पद छोड्ने निर्णय गरेको छु र राज्यपाललाई राजीनामा बुझाएको छु। अब बन्ने नयाँ सरकारलाई मेरो पूर्ण सहयोग र मार्गदर्शन रहनेछ।'

हाल बिहार विधानसभामा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन सँग २०२ सदस्यहरूको समर्थन रहेको छ। अब सम्राट चौधरीको नेतृत्वमा नयाँ सरकारले राज्यको कार्यभार सम्हाल्नेछ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.