इरान–अमेरिका टकराव र दाउपेच खतरनाक नयाँ चरणमा

इरान–अमेरिका टकराव र दाउपेच खतरनाक नयाँ चरणमा
फाइल फोटो
सुन्नुहोस्

अमेरिका : इरान र अमेरिकाबीचको आर्थिक टकराव र दाउपेच अब एक खतरनाक नयाँ चरणमा प्रवेश गर्न लागेको छ । इरानले राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आर्थिक दाउपेचमा हालसम्म सफलता हासिल गरिरहेको छ ।

यसै हप्ता ट्रम्पले गरेको स्ट्रेट अफ होर्मुज नाकाबन्दीले संयुक्त राज्य अमेरिका अझै पछि हट्न तयार छैन भन्ने देखाउँछ । तर अमेरिकाले उठाएको यो नयाँ कदमले अर्थतन्त्र भन्दा पनि धेरै क्षेत्रमा ठूलो जोखिम थपेको छ । यदि यो अवस्था लामो समयसम्म रह्यो भने नाकाबन्दीले इरान र अमेरिका दुवैको अर्थतन्त्रमा गम्भीर क्षति पुर्‍याउन सक्छ । यो एक प्रकारको ‘आपसी सुनिश्चित आर्थिक पीडा’ हो । जसलाई ३१ ट्रिलियन डलरको अमेरिकी अर्थतन्त्रले आफूले राम्रोसँग सहन सक्छ भन्ने आधारमा अमेरिकाले जोखिम लिइरहेको छ ।

तर नाकाबन्दी लागू गर्न ठूलो सैन्य शक्ति आवश्यक पर्नेछ ।  जसले अमेरिकी सैनिकहरूलाई प्रत्यक्ष खतरामा पार्छ । अहिलेसम्म अमेरिका मुख्य रूपमा हवाई आक्रमणमार्फत कारबाही गर्दै आएको थियो । तर अब शत्रुका जहाजहरूमा नियन्त्रण लिनुपर्ने र खतरनाक समुद्री क्षेत्रहरूमा प्रवेश गर्नुपर्ने हुन सक्छ, जसले अमेरिकी सैनिक मृत्युको जोखिम बढाउँछ ।

अमेरिकी जनतामा पहिले नै युद्धप्रति व्यापक असन्तुष्टि छ । यो नाकाबन्दीले दुई परिणामहरू निम्त्याउन सक्छ ।  पेट्रोलको अझै उच्च मूल्य र सैनिक हताहती । ट्रम्पको दाउ इरान पहिले पछि हट्छ भन्ने हो, तर इरानले पहिले पनि कठोर आर्थिक दबाब सहेर बसेको इतिहास छ । यो अस्तित्वको संघर्षमा पछि हट्ने कुनै स्पष्ट संकेत छैन ।

नाकाबन्दीले इरानले युद्धको समयमा दैनिक निर्यात गर्दै आएको १८ लाख ब्यारेल कच्चा तेललाई विश्व बजारबाट हटाउन सक्छ । यो विश्वको दैनिक मागको करिब २ प्रतिशत हो । मात्र सानो हिस्सा जस्तो देखिए पनि, जब इरानले होर्मुज जलडमरूमध्य बन्द गरिदिन्छ, तब दैनिक १ करोड २० लाख ब्यारेल तेल प्रभावित हुन्छ, जसले बजारमा ठूलो प्रभाव पार्छ ।

विश्व तेल बजारले पहिले नै सम्भावित असर देखाइसकेको छ । सोमबार कच्चा तेलको मूल्य ८ प्रतिशतसम्म बढ्यो । यसले पेट्रोलको मूल्य अझै बढाउन सक्छ, जुन पहिले नै पछिल्लो चार वर्षको उच्चस्तरमा छ । गत महिना मूल्य २०२२ पछिको सबैभन्दा ठूलो वृद्धि भएको थियो र महँगाइबाट थकित अमेरिकी उपभोक्ताहरू थप लागत वृद्धिप्रति असहिष्णु देखिन्छन् ।

सफल नाकाबन्दी इरानका लागि धेरै विनाशकारी हुन सक्छ । नाकाबन्दीले इरानको तेल निर्यातलाई ठप्प पार्नेछ, जुन उसको प्रमुख आम्दानी स्रोत हो । इरानलाई लामो समयदेखि प्रतिबन्ध र आर्थिक कठिनाइको अनुभव छ । उसँग केही समय टिक्ने क्षमता छ । गत महिना अमेरिकी प्रतिबन्ध हटेपछि इरानको तेल उत्पादन बढेको थियो । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.