पराजय भिक्टर ओरबानको, झट्का किन पुटिनलाई ?
काठमाडौं : हंगेरीमा भिक्टर ओरबानको १६ वर्ष लामो शासन अन्त्य भएको छ । उनलाई हराउँदै पिटर मागयार हंगेरीको प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । प्रधानमन्त्री निर्वाचत भएका पिटरले १० बढी युरोपेली नेताहरूसँग कुरा गरिसकेको बताएका छन् । उनले यो कुरा आफ्नो ठूलो जितको एक दिनपछि भएको तीन घण्टे प्रेस सम्मेलनमा जानकारी गराएका हुन् ।
तर उनले स्पष्ट रुपमा रुसका राष्ट्रपति भ्लादीमिर पुटिनलाई फोन नगर्ने पनि बताए । पुटिन ओरबानका निकट सहयोगी मानिन्छन् । यद्यपि मागयारले भने, ‘यदि पुटिनले फोन गरे भने अवश्य कुरा गर्नेछु ।’ तिस्जा पार्टीको चुनावी जितपछि मागयारले भने, ‘यदि पुटिनले फोन गरे भने म अवश्य फोन उठाउनेछु ।’
‘मलाई लाग्दैन यस्तो हुनेछ । तर यदि हाम्रो कुरा भयो भने म उनलाई भन्नेछु—कृपया, यो हत्या रोक्नुहोस् र यो युद्ध अन्त्य गर्नुहोस् ।’ रूसले मागयारको जितलाई सम्मान गर्ने र हंगेरीसँग ‘व्यावहारिक’ सम्बन्ध कायम रहने अपेक्षा रुसले गरेको छ । ओरबान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पनि महत्वपूर्ण सहयोगी मानिन्छन् ।
ट्रम्पले आइतबारको चुनावमा उनको जितलाई समर्थन गरेका थिए । उपराष्ट्रपति जेडी भान्सले पनि पछिल्लो हप्तामा दुई दिने चुनावी भ्रमण गरेर उनलाई थप समर्थन दिएका थिए । मागयारले पत्रकारहरूसँग ट्रम्पलाई पनि फोन नगर्ने बताए । तर यदि ट्रम्पले फोन गरे भने आफूलाई खुशी लाग्ने बताए । उनी ‘नेटोका बलिया सहयोगी’ हुन् ।
प्रतिक्रिया दिनुहोस !