अमेरिकासँग दोस्रो चरणको वार्ता सम्भावनाबारे के भन्छन् इरानका राष्ट्रपति ?
इरान : अमेरिका र इरानबीच पाकिस्तानमा भएको २१ घण्टा लामो वार्ता असफल भएको छ । अमेरिका–इरानबीचको वार्ता असफल भएपछि दोस्रो वार्ता होला कि नहोला भन्नेबारेमा अहिले विश्वभर चासो बढेको छ ।
यसैबीच इरानका राष्ट्रपति मसुद पेजेश्कियानले सम्भावित दोस्रो वार्ताबारे मुख खोलेका छन् । इरानी राष्ट्रपति पेजेश्कियानले अमेरिका र इजरायलले इरानलाई झुकाउन गर्ने प्रयासहरू असफल हुने टिप्पणी गरेका छन् । बुधबार तेहरानमा आपतकालीन सेवाका अधिकारीहरूसँगको बैठकमा उनले भने, ‘इरानी जनताले कहिल्यै पनि अमेरिका र इजरायलको यस्तो तरिका स्वीकार गर्ने छैनन् ।
इरानले सधैं विभिन्न देशहरूसँग राम्रो सम्बन्धको आवश्यकतामा जोड दिएको छ ।’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो चरणको वार्ताको सम्भावनाबारे अभिव्यक्ति दिइरहेका बेला इरानी राष्ट्रपतिको यस्तो टिप्पणी आएको हो । हालसम्म इरानका अधिकारी वा नेताहरूले यस विषयमा प्रत्यक्ष प्रतिक्रिया दिएका छैनन् ।
प्रतिक्रिया दिनुहोस !