शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका किशोरको मृत्यु, किशोरी घाइते

शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका किशोरको मृत्यु, किशोरी घाइते

प्यूठान : शिकारका क्रममा जंगलमा गोली चल्दा एक किशोरको ज्यान गएको छ भने किशोरी घाइते भएकी छिन् । गौमुखी गाउँपालिका सुङगुरखाल पुजास्थित चुपाल सामुदायिक वनमा जंगली जनावर बँदेल ठानेर हानिएको गोली लागेर घाइते भएका किशोरको उपचारको क्रममा ज्यान गएको हो ।

nullनौबहिनी गाउँपालिकाका १९ वर्षीय सुशील परियारमाथि चैत्र २९ गते राति करिव १०ः४५ बजेको समयमा गोली लागेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । गोली लाग्दा घाइते भएका परियारको उपचारका क्रममा चैत्र ३० गते बुटवलमा मृत्यु भएको प्यूठान प्रहरी निमित्त प्रमुख प्रहरी निरीक्षक हरि भट्टराईले बताए ।

मृतक परियार आफ्ना साथी सन्जु परियार भनिने दुर्जे दमाईसँग साढे तीन घण्टाको पैदलयात्रा नौबहिनी गाउँपालिका–४ खवाङबाट गौमुखी गाउँपालिकाको वाग्लिवाङ केटी साथी भेट्न गएका थिए । घटनामा गौमुखी गाउँपालिका–४ की १८ वर्षीया किशोरी घाइते छिन् । उनको लुम्बिनी सिटी हस्पिटल बुटुवलमा उपचार भइरहेको छ ।  किशोरीको अवस्था भने खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ ।

गौमुखी गाउँपालिका–४ का २७ वर्षीय वीरेन्द्र केसीसहित ४ जनाको समूह शिकार खेल्न जंगल गएका थिए । जंगली जनावर बँदेल ठानेर गोली प्रहार गर्दा घटना भएको हो । गोली चलाउने केसी र उनीसँगै शिकार खेल्न गएका २२ वर्षीय बिश्वास केसी, १९ वर्षीय वबि केसी, १४ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको छ । दुई थान भरूवा बन्दुक पनि बरामद भएको प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । चारै जनालाई अदालतबाट ५ दिनको म्याद थप गरी ज्यान सम्बन्धि मुद्दा र हातहतियार मुद्दा चलाउने गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.