मन्त्रीहरूले बुझाएका सम्पत्ति विवरणबारे सरकारका प्रवक्ता पोखरेलले के भने ?
काठमाडौं : सरकारका प्रवक्ता सस्मित पोखरेलले वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले बुझाएको सम्पत्ति विवरणमा स्रोत खुलेको बताएका छन्।
मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले मन्त्रीहरूले बुझाएको सम्पत्ति विवरण पारदर्शी नै रहेको बताएका हुन्।
प्रधानमन्त्री कार्यालयले चैत २९ गते आइतबार प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको थियो।
प्रतिक्रिया दिनुहोस !