इरानलाई हतियार नदिन ट्रम्पले पत्र पठाएपछि चीनले जवाफमा के भन्यो ?

इरानलाई हतियार नदिन ट्रम्पले पत्र पठाएपछि चीनले जवाफमा के भन्यो ?
फाइल तस्बिर
सुन्नुहोस्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हतियार नदिन चीनलाई पत्र लेखेका छन्। 

डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै चीनले इरानलाई हतियार नपठाउन सहमति जनाएको दाबी गरे।

डोनाल्ड ट्रम्पले यसअघि फक्स न्यूजलाई भनेका थिए, ‘जब मलाई चीनले इरानलाई हतियार प्रदान गरिरहेको खबर आयो, मैले राष्ट्रपति सी जिनपिङलाई पत्र लेखेर त्यसो नगर्न आग्रह गरें।’

चिनियाँ राष्ट्रपति सीले जवाफी पत्र लेखेर चीनले यस्तो नगरेको बताएका छन्। ट्रम्पले इरानसँगको सन् २०१५ को आणविक सम्झौतालाई अहिलेसम्मकै सबैभन्दा खराब सम्झौता भनेर वर्णन गरे। उनले भने, ‘यस सम्झौताले इरानलाई आणविक हतियारको छोटो बाटो दियो।’

ट्रम्पले अमेरिकाले गत वर्ष इरानको आणविक स्थलहरूमा बम विस्फोट नगरेको भए इरानले इजरायल तथा छिमेकी देशहरू र अमेरिका विरुद्ध आणविक हतियार प्रयोग गर्ने अवस्था आउने दाबी गरे। 

ट्रम्पले इरानलाई आणविक हतियार दिएमा संसार ध्वस्त हुने दाबी गरे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.