१२ वर्षपछि बालेनको ‘र्याप ब्याटल’ विवादमा
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले १२ वर्षअघि गरेको एउटा ‘र्याप ब्याटल’ मा प्रयोग भएका शब्दहरूलाई लिएर यौनिक अल्पसंख्यक (तेस्रोलिंगी) समुदायले प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्।
भिडियोमा प्रयोग गरिएका ‘हिजडा’ र ‘छक्का’जस्ता शब्दहरूले आफ्नो समुदायको मानमर्दन गरेको, महिला विरोधी भावना फैलाएको र सामाजिक वातावरण विषाक्त बनाएको आरोप लगाउँदै वन राई, विवेक मगरलगायतका व्यक्तिहरूले कारबाहीको माग गरेका हुन्।
उजुरीमा उक्त भिडियो युट्युबबाट हटाउनुपर्ने, बालेनले सार्वजनिक रूपमा माफी माग्नुपर्ने र सो भिडियोबाट भएको कमाइ अल्पसंख्यक समुदायको हितमा खर्च गरिनुपर्ने माग राखिएको छ। प्रधानमन्त्रीजस्तो उच्च ओहोदामा रहेको व्यक्तिबाट यस्ता विभेदकारी सामग्री सार्वजनिक भइरहनु आपत्तिजनक रहेको उनीहरूको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !