कोलोराडो नेपलिज कम्युनिटीले सार्वजनिक गर्‍यो ‘फल्चा’ प्रोजेक्ट

कोलोराडो नेपलिज कम्युनिटीले सार्वजनिक गर्‍यो ‘फल्चा’ प्रोजेक्ट
सुन्नुहोस्

डेनभर, कोलोराडो : कोलोराडो नेपलिज कम्युनिटीले सांस्कृतिक पहल प्रोजेक्ट फल्चाको औपचारिक रूपमा सार्वजनिक गरेको छ। नेपाली संस्कृति, मूल्य र सामुदायिक भावनाबाट प्रेरित परियोजनाले काठमाडौँको परम्परागत सार्वजनिक विश्रामस्थल “फल्चा” को अवधारणालाई डेनभरको मुटुमा जीवन्त रूपमा उतार्ने लक्ष्य लिएको हो।

परियोजनाको घोषणा कार्यक्रममा कमन ग्राउन्ड परियोजना टिमका सदस्यहरू, युनिभर्सिटी अफ कोलोराडो डेनभर विश्वविद्यालयका वास्तुकला तथा शहरी योजना कार्यक्रमका विद्यार्थीहरू, र सिटी अफ डेनभरका प्रतिनिधिहरू सहभागी थिए। कार्यक्रमको सुरुआत शेर्पा हाउसले आयोजना गरेको परम्परागत नेपाली भोजनबाट भएको थियो। भवनको निर्देशित अवलोकनका क्रममा हिमालका कथाहरू, नेपालका सम्झनाहरू र साझा हाँसोले वातावरणलाई अझ आत्मीय बनाएको थियो। 

परम्परागत फल्चा परियोजनाले डेनभरका सार्वजनिक स्थानमा यस्तै सांस्कृतिक केन्द्र स्थापना गर्ने परिकल्पना गरेको छ। फल्चामा सहजरूपमा मानिसहरूलाई रोकिएर कुरा गर्न, जोडिन र समुदायको अनुभूति गर्न प्रेरित गर्ने स्थानको रूपमा डिजाइन गरिएको छ। समुदायकी अगुवा बिनिशा श्रेष्ठले प्रोजेक्ट फल्चा अहिले निर्माण चरणमै प्रवेश गरिसकेको बताइन। उनले निकट भविष्यमा नेपाल यात्रा गरी नेपाल सरकारसँग सहकार्य र समर्थन खोज्ने योजना पनि जानकारी गराइन्। यस कदमले कोलोराडोमा रहेका नेपाली समुदाय र मातृभूमिबीचको सांस्कृतिक सेतु अझ मजबुत बनाउने विश्वास गरिएको छ। उनका प्रयासहरूले फल्चालाई आफ्ना मौलिक जरा जोगाउँदै डेनभरको शहरी संरचनासँग अर्थपूर्ण रूपमा जोड्ने प्रतिबद्धता झल्काउँछन्।

यो परियोजनालाई डेनभर मेयरको कार्यालयबाट विशेष समर्थन प्राप्त भएको बताइएको छ। प्रोजेक्ट फल्चा सेप्टेम्बर २०२६ मा औपचारिक रूपमा उद्घाटन हुने तयारीमा छ। यो उद्घाटन Doors Open Denver 2026 सँगै पर्नेछ, जुन सेप्टेम्बर २४–२७, २०२६ मा आयोजना हुँदैछ।  फल्चा केवल एउटा संरचना मात्र नभई यो एक जीवित अनुभूति, सांस्कृतिक धड्कन, र साझा मानवताको प्रतीक हो। फल्चाले पनि डेनभरको सार्वजनिक स्थानमा त्यही न्यानोपन र आत्मीयताको अनुभूति गराउने अपेक्षा गरिएको छ।

कमन ग्राउन्ड परियोजना अन्तर्गत कोलोराडो नेपलिज कम्युनिटीले भौतिक संरचनासँगै एउटा सांस्कृतिक विरासत पनि स्थापना गर्ने लक्ष्य लिएको छ। निर्माण कार्य अघि बढ्दै गएको र अन्तर्राष्ट्रिय सहकार्यको सम्भावना खुल्दै गएको बेला प्रोजेक्ट फल्चाले नेपालकै आत्मा बोकेर डेनभरमा अझ बलियो र जोडिएको समुदाय निर्माण गर्ने आशा जगाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.