साउदीमा पासपोर्ट नवीकरणमा सास्ती

साउदीमा पासपोर्ट नवीकरणमा सास्ती

साउदी अरब : साउदी अरबमा कार्यरत नेपालीको पासपोर्ट नवीकरणका लागि सास्ती खेप्नुपर्ने अवस्था छ। अत्यावश्यक कागजात नवीकरण गर्न नेपालीहरू घण्टौं मात्रै होइन, दिनभर पनि लाइनमा उभिनुपर्ने बाध्यता रहेको छ।

साउदी अरबमा लगभग ४ लाख नेपाली कार्यरत रहेका छन्। ती नेपाली श्रमिकका लागि पासपोर्ट रोजगारी, कानुनी हैसियत राख्ने अत्याश्यक कागजात हो। साउदी अरबको विभिन्न क्षेत्रमा हुने गरेको पासपोर्ट नवीकरणको क्रममा देखिने लामो लाइन र सेवाग्राहीको भीडले सेवा पाउनुभन्दा बढी सास्ती भोगिरहेको अवस्था दर्साउँछ। टाढा–टाढाका सहरहरूबाट सीमित बिदा लिएर आएका श्रमिकहरूका लागि यो अवस्था झन् पीडादायी हुन्छ। यसले समय, श्रम र खर्चको क्षति गराउँछ। 

दूतावासले सीमित स्रोतसाधन र जनशक्तिका बाबजुद सेवा प्रवाह गरिरहेको यथार्थलाई नकार्न सकिँदैन। तर, माग र आपूर्तिबीचको असन्तुलन दिन प्रतिदिन चर्किंदै जाँदा समस्या कहिलेसम्म हुने भन्ने प्रश्न उठ्छ। प्रभावकारी अनलाइन अपोइन्टमेन्ट प्रणालीको अभाव, स्पष्ट सूचना नपुगेको अवस्था, प्राविधिक तथा प्रशासनिक सीमितता र सेवा केन्द्रको अत्यधिक केन्द्रीकरणले गर्दा सेवाग्राहीले अनावश्यक सास्ती भोग्नुपरेको हो। पासपोर्ट नवीकरण जस्तो नियमित प्रशासनिक प्रक्रिया नै श्रमिकका लागि चुनौतीपूर्ण कार्य जस्तो भएको छ।

यसबीच, दूतावासको सहकार्यमा गैरआवासीय नेपाली संघ (एनआरएन) तथा विभिन्न सामाजिक संस्थाहरूले सञ्चालन गरेका पासपोर्ट क्याम्प कार्यक्रमहरूले केही हदसम्म राहत प्रदान गरेका छन्। कार्यस्थल नजिकै सेवा उपलब्ध गराउने प्रयास, स्वयंसेवकहरूको सक्रियता, कागजात तयारीमा सहयोग तथा लाइन व्यवस्थापनजस्ता पहलहरूले सेवा प्रवाहलाई सहज बनाउन महŒवपूर्ण भूमिका खेलेका छन्। यस्ता पहलहरू अस्थायी उपायमै सीमित रहन्छन्। यसले गर्दा दीर्घकालीन, संस्थागत र प्रविधिमैत्री प्रणालीको विकासतर्फ अग्रसर हुनुपर्ने आवश्यकताको रूपमा देखिएको छ।

एकपटक पासपोर्ट नवीकरणका लागि सहजीकरण रिएको क्याम्पमा ५ सयभन्दा बढी नेपालीलाई सेवा सुविधा दिँदै आएको अवस्था छ। साउदीका प्रमुख सहरहरूमा नियमित रूपमा मोबाइल पासपोर्ट सेवा विस्तार गर्न सके श्रमिकको राजधानीसम्म धाउनुपर्ने बाध्यता घट्ने छ।

साउदीमा पासपोर्ट नवीकरणको वर्तमान अवस्था केवल प्रशासनिक चुनौती होइन, यो श्रमिकको सम्मान, अधिकार र राज्यप्रतिको जिम्मेवारीसँग प्रत्यक्ष रूपमा गाँसिएको विषय पनि हो। विदेशमा कठोर श्रम गरेर देशको अर्थतन्त्रलाई टेवा पु¥याइरहेका नेपाली श्रमिकले आधारभूत सेवा सहजै पाउनुपर्ने हो। त्यसैले साउदीमा रहेका नेपाली श्रमिकलाई पासपोर्ट नवीकरण र नयाँ पासपोर्ट वितरणमा सहजताका लागि नेपाल सरकारले ठोस कदम चाल्नु अति आवश्यकता रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.