साउदीमा १०६ नेपालीसहित हजारौं आप्रवासी कारबाहीमा, १७ हजार बढी ‘डिपोर्ट’

साउदीमा १०६ नेपालीसहित हजारौं आप्रवासी कारबाहीमा, १७ हजार बढी ‘डिपोर्ट’
फाइल फोटो
सुन्नुहोस्

साउदी अरब : साउदी  सरकारले बसोबास, श्रम तथा सीमा सुरक्षासम्बन्धी कानुनको कडाइका साथ कार्यान्वयन गर्दै सञ्चालन गरेको पछिल्लो एक साताको अभियानमा १०६ जना नेपालीसहित हजारौं आप्रवासी कामदार कारबाहीमा परेका छन् । अप्रिल १६ देखि २२ सम्म सञ्चालन गरिएको संयुक्त अपरेसनमा १७ हजार बढी व्यक्तिलाई देश निकाला (डिपोर्ट) गरिएको साउदी गृह मन्त्रालयले जनाएको छ ।

प्राप्त जानकारीअनुसार, विभिन्न कानुन उल्लंघनमा संलग्न १०६ जना भन्दा बढी नेपालीलाई सजाय दिइएको छ । उनीहरूमाथि सामाजिक सञ्जालका लागि अवैध रूपमा भिडियो तथा तस्बिर बनाउने, गैरकानुनी गतिविधिमा संलग्न र  सहयोग गरेकोलगायतका आरोप रहेका छन् ।

यस अवधिमा सुरक्षाकर्मी तथा सम्बन्धित निकायको संयुक्त कारबाहीबाट १२ हजार १९२ जनालाई पक्राउ गरिएको छ । तीमध्ये ६ हजार ६०६ जनाले बसोबाससम्बन्धी नियम उल्लंघन गरेका छन् भने ३ हजार ५ सय १० जनाले सीमा सुरक्षासम्बन्धी कानुन उल्लंघन गरेको पाइएको छ । साथै, २ हजार ७६ जना श्रम कानुन उल्लंघनमा संलग्न रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

null

सीमा सुरक्षामा समेत कडाइ गर्दै अवैध रूपमा साउदी प्रवेश गर्न खोज्ने एक हजार ४५४ जनालाई नियन्त्रणमा लिइएको छ, जसमा अधिकांश इथियोपियाका नागरिक रहेको जनाइएको छ । त्यस्तै, ५० जनालाई अवैध रूपमा देश छोड्ने प्रयास गर्दा पक्राउ गरिएको छ । अभियानअन्तर्गत २० हजारभन्दा बढी व्यक्तिलाई स्वदेश फर्कन आवश्यक यात्रा कागजात बनाउन सम्बन्धित दूतावासमा पठाइएको छ भने ३३ हजारभन्दा बढी अझै कानुनी प्रक्रियामा रहेका छन् ।

यसले आगामी दिनमा थप डिपोर्ट वा अन्य कारबाही हुन सक्ने संकेत गरेको छ भने अवैध रूपमा बसोबास गर्ने वा काम गर्ने व्यक्तिहरूलाई सहयोग गर्नेहरूमाथि पनि कडाइ गरिएको छ । सवारी साधन उपलब्ध गराउने, बस्न स्थान दिने वा रोजगारी दिने २२ जनालाई पक्राउ गरिएको छ । साउदी गृह मन्त्रालयले यस्ता कार्यमा संलग्नलाई १५ वर्षसम्म कैद, १० लाख साउदी रियालसम्म जरिवाना र सम्पत्ति जफत हुन सक्ने चेतावनी दिएको छ ।

साउदी अरबस्थित नेपाली दूतावासले यहाँ कार्यरत सम्पूर्ण नेपाली नागरिकलाई स्थानीय कानुनको पूर्ण पालना गर्न आग्रह गरेको छ । दूतावासका अनुसार कानुन विपरीत गतिविधिमा संलग्न हुनेहरूलाई सहयोग गर्न समेत कठिन हुने भएकाले प्रत्येक नेपालीले आफ्नो कागजात अद्यावधिक राख्दै जिम्मेवार ढंगले काम गर्नुपर्ने बताइएको छ । साथै दूतावासले वैध रूपमा बसोबास गर्न, रोजगारदातासँग स्पष्ट सम्झौता गर्न र समस्या परेमा समयमै सम्बन्धित निकायसँग सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

साउदी सरकारको यो अभियानले विदेशी कामदार समुदायलाई स्पष्ट सन्देश दिएको छ, कानुन उल्लंघन अब सहनशीलताको सीमाभन्दा बाहिर पुगेको छ । विशेषज्ञहरूका अनुसार यस्तो कडाइले श्रम बजार व्यवस्थापन र आप्रवासन प्रणाली सुधार गर्ने उद्देश्य राखे पनि यसको प्रत्यक्ष असर हजारौँ आप्रवासी कामदारको जीवन र भविष्यमा परेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.