अब बुद्धको बोधिज्ञान

अब बुद्धको बोधिज्ञान
सुन्नुहोस्

वैशाख पूर्णिमाका दिन बौद्धहरूले मान्दै आइरहेको बुद्ध जयन्तीको ठूलो महत्व छ। वैशाख पूर्णिमाकै दिन गौतम बुद्धको जन्म, बोधिज्ञान र महापरिनिर्वाण प्राप्त गर्नु भएको महत्वपूर्ण तीनवटा संयोग परेकाले पनि वैशाख पूर्णिमाको अत्यन्तै महत्व भएको हो। विश्वका सबैतिर अरबौं बौद्धले व्यापक रूपमा यो वैशाख पूर्णिमाका दिन बुद्ध जयन्ती अत्यन्तै श्रद्धा भावले मान्दै गौतम बुद्ध र उहाँका ज्ञानको चर्चा परिचर्चा गर्छन्। विश्व शान्तिको कामना गर्दै विभिन्न कार्यक्रम चलाएर शान्तिका अग्रदूत गौतम बुद्धलाई सम्झेर श्रद्धापूर्वक नमन गर्छन्। 

नेपालमा देशैभर रहेका चैत्य, गुम्बा र विहारहरूमा बुद्ध पूजा गरिन्छ। व्यापक रूपमा विभिन्न कार्यक्रमहरू गरेर विश्व शान्तिको कामना पनि गरिन्छ। भगवान् बुद्धका मूर्ति भएका ठाउँमा मेला पनि लाग्छ। गौतम बुद्ध जन्म भएको स्थान नेपालको लुम्बिनीमा ठूलै मेला लाग्छ। बुद्धको पूजा गरिन्छ, विभिन्न कार्यक्रम गरेर भव्य रूपमा बुद्ध जयन्ती मनाइन्छ। यसमा देशी तथा विदेशी बौद्धहरू आई सम्मिलित भई श्रद्धापूर्वक बुद्ध जयन्ती मनाउँछन्। राष्ट्रियस्तरमा बुद्ध जयन्ती लुम्बिनीमा मनाइन्छ। प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिहरूको उपस्थितिले लुम्बिनी क्षेत्र नै ढकमक्क मनोरम दृश्यले शोभायमान भइरहेको हुन्छ। बुद्धध्वजा पताकाले लुम्बिनी मायादेवीको क्षेत्र नै ढाकिएको हुन्छ भने विभिन्न किसिमले त्यहाँ सजाइएका सजावटले मनोरम आकर्षण पारिरहेको हुन्छ। 

काठमाडौं उपत्यकामा पनि बुद्ध जयन्ती मनाउने सन्दर्भमा विभिन्न कार्यक्रम गरी व्यापक रूपमा मनाउने गरिन्छ। घर घरमैं बुद्धको झण्डा पहराइएको हुन्छ। बौद्ध झण्डा भएका पाँचथरी रंग पञ्चतत्व आकाश, जल, पृथ्वी, अग्नि र हावालाई लिइएको छ। त्यस्तै नीलो, सेतो, पहेँलो, गेरु र रातो रंग भएको बौद्ध झण्डा पञ्चबुद्धको प्रतीकको रूपमा बौद्ध धर्ममा मानिन्छ। विश्व ब्रम्हाण्ड चराचर जीव जगतमा यिनै पाँच तत्व नै व्याप्त भइरहेको छ। संसारमा जति पनि प्राणी छन ती सबै पञ्चतत्वबाटै सृष्टि भएर त्यसैमा विलिन भई जाने गर्छ। त्यसै भएर नै प्राणी मात्रको जीवन चक्रमा जन्म र मृत्यु भइरहने हो।

भगवान् गौतम बुद्धले मानिसहरूको दुःख हुनु, जन्म मृत्युको चक्रमा परिरहनु र त्यसको उद्धारका लागि सबैले बुझ्नेगरी विभिन्न किसिमको ज्ञान दिनु भएको छ। यो संसारमा मानिस भौतिक सुख सुविधाले सम्पन्न हुनु र गरिब हुनाले मात्र सुख र दुःख हुने होइन। वास्तवमा मानिसमा भएका दूषित चित्तले गर्दा नै दुःख हुने हो। काम, क्रोध, लोभ, मोह र अहंकारजस्ता विकारले नै मानिसलाई दुःख भइरहने हो। यही चित्तको विकारले गर्दा नै मानिसहरू जन्म भइरहनु पर्ने अनि मरिरहनुपर्ने हो। यसरी जन्म र मृत्युको दुःखको चक्रमा मानिसहरू अल्झी रहन्छन्। 

मानिसहरू जन्मिनु पनि दुःख, बिरामी हुनु पनि दुःख वृद्धा हुनु पनि दुुःख, प्रियजनहरूसँग छुट्टिएर बस्नु पर्ने पनि दुःख, मन नपर्नेहरूसँग बस्नुपर्ने पनि दुःख अनि अन्तिममा मर्नुपर्ने पनि दुःख। यिनै सम्पूर्ण दुःखको वास्तविकताबाट पार पाउन नै सजिलो मार्ग अष्टांग मार्ग हो भनि भगवान् गौतम बुद्धले बाटो देखाउनु भएको छ। पञ्चशील र अष्टशीलजस्ता अत्यन्तै महत्वपूर्ण लोक कल्याणका लागि ज्ञान दिनु भएको छ। भगवान् गौतम बुद्धले दिनु भएको मार्गमा अगाडि बढ्दै विश्वशान्तिको कामना गर्नु नै गौतम बुद्धको जयन्ती मनाएको सार्थक हुनेछ। 

बुद्ध जयन्तीको अवसरमा विशेष गरेर दक्षिण कोरियामा भिक्षुहरू बुद्ध जन्मभूमि नेपालको लुम्बिनीमा आई विशेष कार्यक्रमको आयोजना गर्ने गर्छन् शान्तिदीप स्थायी रूपमा राख्न कोरियाको १०८ वटा विहारमा शान्तिदीप प्रज्वलन गरिएको थियो र वैशाख पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने क्रममा कोरियामा लोटस लाल्टिन फेस्टिभलमा पनि शान्तिदीपलाई नगर परिक्रमा गराइन्छ। हाम्रो देश नेपालमा बालाजु पूर्णिमा अर्थात् चैत्र शुक्ल पूर्णिमा, वैशाख पूर्णिमा र नमोबुद्धको मेला पूर्णिमाका दिनसमेत गरी वर्षमा तीन पटक गौतम बुद्धलाई विशेष रूपमा सम्झेर विभिन्न कार्यक्रमको आयोजनागरी विशेष रूपमा मेला भर्ने गरिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.