भेरिकोस भेन्समा होमियोप्याथी

भेरिकोस भेन्समा होमियोप्याथी
सुन्नुहोस्

भेरिकोस भेन्स एक दीर्घकालीन रक्तसञ्चारको विकार हो, जसले रोगीको जीवनस्तरमा गम्भीर प्रभाव पार्न सक्छ। यद्यपि, समयमै सही होमियोप्याथिक उपचार र जीवनशैली सुधारबाट यसलाई सुरक्षित, प्रभावकारी र पीडारहित रूपमा नियन्त्रण गर्न सकिन्छ।

आधुनिक जीवनशैलीसँगै तीव्र रूपमा बढ्दै गएको रक्तसञ्चारसम्बन्धी समस्यामध्ये भेरिकोस भेन्स एक प्रमुख समस्या हो । आजको समयमा लामो समय उभिएर काम गर्ने बानी, शारीरिक निष्क्रियता, मोटोपना, मानसिक तनाव तथा हार्मोनल असन्तुलनका कारण यो समस्या अत्यन्त सामान्य बन्दै गएको छ । विशेषगरी शिक्षक, स्वास्थ्यकर्मी, प्रहरी, व्यवसायी, गर्भवती महिला तथा वृद्ध व्यक्तिहरूमा यसको प्रभाव बढी देखिन्छ । भेरिकोस भेन्स केवल बाहिर देखिने फुलेका नसाहरू मात्र होइन, यो नसागत रक्तसञ्चार प्रणालीको गम्भीर असन्तुलनको संकेत हो ।

प्रारम्भमा सामान्य– थकान वा खुट्टा भारी हुने जस्ता लक्षण देखिए पनि समयमै उचित उपचार नगरेमा । दीर्घकालमा घाउ, रगत जम्ने अवस्था तथा नसागत अपर्याप्तता जस्ता जटिल समस्याहरू उत्पन्न हुन सक्छन् । शरीरको क्रियात्मक आधार हेर्ने हो भने मानव शरीरमा धमनीहरूले अक्सिजनयुक्त रगत अंगहरूमा पुर्‍याउँछन् भने नसाहरूले प्रयोग भइसकेको रगतलाई पुन :  मुटुतर्फ फर्काउने काम गर्छन् । खुट्टाका नसाहरूमा विशेष प्रकारका भल्भहरू हुन्छन्, जसले रगतलाई माथितर्फ प्रवाह गराउन सहयोग पुर्‍याउँछन् र गुरुत्वाकर्षणविपरीत दिशामा पनि रक्तप्रवाह कायम राख्छन् । जब नसाको पर्खाल कमजोर हुन्छ, भल्भहरूले ठीकसँग काम गर्न सक्दैनन् र नसामा दबाब बढ्छ । त्यसपछि रगत तल जम्मा हुन थाल्छ, नसाहरू फुल्छन् र घुम्रिएका देखिन्छन् । यही अवस्थालाई भेरिकोस भेन्स भनिन्छ ।

रोगका प्रमुख कारणहरू
आनुवंशिकता – परिवारमा इतिहास भएमा नसाको संरचना कमजोर हुन सक्छ ।
पेसागत कारण – लामो समय उभिने वा बसिरहने काम (शिक्षक, सर्जन, गार्ड, व्यवसायी आदि) ।
गर्भावस्था – हार्मोनल परिवर्तन, श्रोणी क्षेत्रमा दबाब र रगतको मात्रा वृद्धि ।
मोटोपना– अत्यधिक तौलले नसामा अतिरिक्त दबाब पार्छ ।
कब्जियत – बारम्बार बल प्रयोग गर्दा नसामा दबाब बढ्छ ।
उमेर वृद्धि – नसाको लोचिलोपन घट्दै जान्छ ।
शारीरिक निष्क्रियता – मांसपेशीको पम्पगर्ने क्रिया कमजोर हुँदा रगत जम्न थाल्छ ।
भेरिकोसका लक्षणहरू

प्रारम्भिक अवस्था – खुट्टा भारी हुने थकान र पोल्ने अनुभूति लामो समय उभिँदा असहजता महसुस हुने गर्छ ।
मध्यम अवस्था – नीलो वा बैजनी रंगका नसाहरू देखिनु, खुट्टा सुन्निनु चिलाउने तथा ऐंठन (विशेषगरी राति) ।
उन्नत अवस्था – छाला कालो वा कडा हुनु, छालामा समस्या (एक्जिमा) दीर्घकालीन घाउ (भेरिकोस अल्सर) आफैं रगत बग्ने अवस्था ।
मनोदैहिक सम्बन्ध – होमियोप्याथीअनुसार रोग केवल शारीरिक कारणले मात्र उत्पन्न हुँदैन । मानसिक अवस्थाले पनि महŒवपूर्ण भूमिका खेल्छ ।
दीर्घकालीन तनाव – जिम्मेवारीको अत्यधिक बोझ, दबिएका भावनाहरू, निराशा ।

यी अवस्थाहरूले नसाको संकुचन–विस्तार क्षमतामा असर पारेर रक्तसञ्चारलाई कमजोर बनाउँछन् । आधुनिक उपचारको सीमितता – आधुनिक चिकित्सा पद्धतिमा प्रयोग हुने उपचारहरू जस्तै– दुखाइ कम गर्ने औषधि, दबाब उपचार, लेजर प्रविधि तथा शल्यक्रियाले अस्थायी राहत दिन सक्छन् । तर, यी विधिहरूले मूल कारणलाई सम्बोधन नगर्ने भएकाले समस्या पुन :  दोहोरिन सक्छ ।

होमियोप्याथीको दृष्टिकोण – होमियोप्याथीको मूल सिद्धान्त ‘समानले समानलाई निको पार्छ’ हो । यस पद्धतिले रोगलाई केवल स्थानीय समस्या नभई सम्पूर्ण शरीर, मन र जीवनशक्तिको असन्तुलनको परिणामका रूपमा लिन्छ ।
उपचारका उद्देश्यहरू  :  नसाको शक्ति र कार्यक्षमता सुधार गर्ने, भल्भको सन्तुलन कायम गर्ने, रगत जम्ने अवस्थालाई हटाउने, पोषण सुधार गर्ने, शरीरको प्राकृतिक निको हुने क्षमतालाई सक्रिय बनाउने, यसैले होमियोप्याथीलाई पीडारहित र सुरक्षित 
उपचार प्रणाली मानिन्छ ।

बिरामीको केसहिस्ट्री लिनुको महत्व – सही औषधि छनोट गर्न निम्न कुरा महŒवपूर्ण हुन्छन्, दुखाइको प्रकृति, तापक्रमप्रतिको प्रतिक्रिया उभिँदा वा हिँड्दा हुने परिवर्तन, मानसिक अवस्था, शारीरिक प्रकृति आदि । होमियोप्याथीमा रोगभन्दा रोगीलाई केन्द्रमा राखिन्छ । रोगीको लक्ष्णअनुसार यस रोगमा प्रयोग हुने केहि प्रमुख होमियोप्याथिक औषधि निम्नलिखित छन्  : –
हेमामेलिस भर्जिनिया  :  नसामा रगत भरिने, दुखाइ तथा रगत बग्ने प्रवृत्तिमा उपयोगी छ । 
पल्साटिला  :  निलो नसाहरू, उभिँदा बिग्रने र हिँड्दा सुधार हुने अवस्थाहरूमा ।
कल्केरिया फ्लोरिका  :  नसाको संरचनात्मक कमजोरी तथा दीर्घकालीन अवस्थाहरूमा ।
वाइपेरा बिरस  :  खुट्टा तल राख्दा असह्य दुखाइ हुने ।
लेकेसिस  :  निलोपन, विशेषगरी बायाँतर्फ बढी असर गर्छ ।
फ्लोरिक एसिड  :  पुरानो र जटिल अवस्थामा ।
आर्निका मोन्टाना :  चोटपटकपछि उत्पन्न अवस्थाहरूमा ।
ग्रेफाइटिस  :  छालासम्बन्धी समस्या र स्राव भएको अवस्थामा ।
साइलिसिया  :  घाउ ढिलो निको हुने अवस्थामा यसको प्रयोग लाभदायक हुन्छ ।

भेरिकोस घाउको व्यवस्थापन
– आन्तरिक औषधि तथा बाह्य हेरचाह गर्नुपर्छ ।
– क्यालेन्डुला–त्त लगाउने ।
– हमामेलिसको–त्त (अर्क) घोलले सफा गर्ने ।
सरसफाइमा विशेष ध्यान उचित हेरचाहबाट शल्यक्रियाबिना पनि घाउ निको पार्न सकिन्छ ।
सहायक उपायहरू – दबाब दिने मोजा प्रयोग गर्ने खुट्टा माथि उठाएर राख्ने, नियमित हिँडडुल गर्ने, लामो समय उभिनबाट जोगिने, तौल नियन्त्रणमा राख्ने ।

आहार तथा जीवनशैली उपयुक्त खानपान – रेशायुक्त खाना, हरियो सागसब्जी, अमिलो फलफूल र पर्याप्त पानीको सेवन गर्ने ।बच्नुपर्ने बानीहरू – धूम्रपान, कडा लुगा लगाउने, लामो समय एकै स्थानमा बसिरहने वा उभिरहने, व्यायाम तथा योग गर्ने, खुट्टा माथि उठाउने आसन, साइकल चलाउने जस्तो व्यायाम, खुट्टाको घुमाउने अभ्यास, नियमित हिँड्ने । यी अभ्यासहरूले मांसपेशीको पम्प क्रियालाई सक्रिय बनाउँछन् ।
रोकथाम – समयमै ध्यान दिनु नै सबैभन्दा राम्रो उपाय हो । दैनिक शारीरिक गतिविधि, तौल नियन्त्रण, सही बस्ने–उभिने तरिका अपनाउने ।

निष्कर्ष  :  भेरिकोस भेन्स एक दीर्घकालीन रक्तसञ्चारको विकार हो, जसले रोगीको जीवनस्तरमा गम्भीर प्रभाव पार्न सक्छ । यद्यपि, समयमै सही होमियोप्याथिक उपचार र जीवनशैली सुधारबाट यसलाई सुरक्षित, प्रभावकारी र पीडारहित रूपमा नियन्त्रण गर्न सकिन्छ ।

होमियोप्याथीको वास्तविक शक्ति केवल नसाको उपचारमा सीमित नभई सम्पूर्ण व्यक्तिको जीवनशक्तिलाई सन्तुलित गर्नुमा निहित छ । त्यसैले, दीर्घकालीन समाधानका लागि होमियोप्याथी चिकित्सा एक प्रभावकारी र विश्वसनीय विकल्प हो । उपरोक्त उल्लेखित औषधिहरूको प्रयोग योग्य तथा अनुभवि होमियोप्याथीक चिकित्सकसँग परामर्ष लिई सेवन गर्दा उपयुक्त हुन्छ । अस्तु ।

मिश्र वरिष्ठ होमियोप्याथिक कन्सलटेन्ट हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.