आइपीएल : पन्जाबको लगातार दोस्रो हार, ४ विकेटले गुजरात टाइटन्स विजयी

आइपीएल : पन्जाबको लगातार दोस्रो हार, ४ विकेटले गुजरात टाइटन्स विजयी
सुन्नुहोस्

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल)२०२६ मा पन्जाब किङ्सले लगातार दोस्रो हार बेहोरेको छ। गुजरात टाइटन्ससँग पन्जाब ४ विकेटले पराजित भएको हो। अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाब किङ्सले निर्धारित  २० ओभरमा ९ विकेट गुमाउँदै १६३ रन बनाएको थियो। 

पन्जाबले दिएको १६४ रनको विजयी लक्ष्य पछाएको गुजरात टाइटन्सले १९.५ ओभरमा ६ विकेट गुमाउँदै १६७ रनसहित लक्ष्य पूरा गरेको हो। गुजरातका लागि ओपनर ब्याटर साई  सुदर्शनले सर्वाधिक ५७ रनको पारी खेले। उनले ४१ बलमा ५ चौका र १ छक्का प्रहार गरे । कप्तान सुभमन गिल ५ रनमा क्याच आउट हुँदा जोश बटलरले २६, निशान्त सिन्धुले १५ र वासिङ्टन सुन्दरले ४० रन बनाए। 

पञ्जाबका लागि बलिङतर्फ अर्शदीप सिंह र विजयकुमार वैशाकले समान २-२ विकेट लिए । मार्को जान्सनले र मार्कस स्टोइनिसले १-१ विकेट लिए।

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबका लागि सूर्यान्स सेडगेले सर्वाधिक ५७ रनको पारी खेले। उनले २९ बलमा ३ चौका र ५ छक्का प्रहार गरे। मार्कस स्टोइनिसले ४० रन बनाए। ओपनर ब्याटर प्रभसिम्रन सिंहले १५, कप्तान श्रेयस अय्यरले १९ र  मार्को जान्सनले २० रन बनाए । त्यसबाहेक कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। जसका कारण पन्जाब १६३ मै रोकिएको थियो। 

पन्जाबलाई कममा रोक्न गुजरातका बलर जेसन होल्डरले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा २४ रन खर्चिएर ४ विकेट लिएका थिए। मोहम्मद सिराज र कागिसो रावडाले २-२ विकेट लिए । रासिद खानले १ विकेट लिए। 

लगातार ६ खेलमा जित दर्ता गरेको पन्जाबले यसअघि राजस्थान रोयलसँग ६ विकेटको हार बेहोरेको थियो। २ हारका बाबजुद पनि पन्जाब किङ्स ९ खेलमा ६ जित र २ हार र १ खेलमा अंक बाँड्दै १३ अंक बटुल्दै अंकतालिकाको शीर्ष स्थानमा रहेको छ। 

पन्जाबलाई हराएपछि गुजरात टाइटन्सले १० खेलमा ६ जित र ४ हार सहित १२ अङ्क जोड्दै पाँचौं स्थानमा रहेको छ। आइतबारको पहिलो खेलमा सनराईजर्स हैदराबादलाई कोलकत्ता नाइट राइडर्सले ७ विकेटले पराजित गरेको थियो। सोमबार मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्सले खेल्नेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.