गर्मी सँगै बढ्ने छ बचतको मात्रा: दराजद्वारा ५.५, बिग समर सेलको घोषणा!

गर्मी सँगै बढ्ने छ बचतको मात्रा: दराजद्वारा ५.५, बिग समर सेलको घोषणा!
सुन्नुहोस्

काठमाडौं : गर्मीमा तापक्रम बढ्दै गइरहेको छ, दिनहरू अझ लामा हुँदै छन्। यही अवसरमा नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित बिग समर सेल सार्वजनिक गरेको छ। यस सेलमार्फत दराजले देशभरका ग्राहकहरूका लागि आकर्षक अफरहरूको नयाँ लहर नै पस्केको छ। 

दराज ५.५, बिग समर सेल, वैशाख २१ (मे ४)को बेलुका ८ बजेदेखि सुरु भई वैशाख २६ (मे ९) सम्म सञ्चालन हुने छ। यस अवधि भर ग्राहकहरूले ८०% सम्मको आकर्षक छुट, छनोट गरिएका सामानहरूमा निःशुल्क होम डेलिभरी, तथा रु. ५५ लाख बराबरका भौचरहरू प्राप्त गर्न सक्नेछन्। अवसरको बहार नै बोकेर आफ्ना उपभोक्ता समक्ष दराजद्वारा सार्वजनिक यस सेलले गर्मीको समयमा उत्कृष्ट किनमेलको अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ। 

दराजद्वारा आफ्ना उपभोक्तालाई अझ उत्साहजनक शपिंग अनुभव प्रदान गर्न समय समयमा सार्वजनिक हुँदै आएका विभिन्न सेलमा जस्तै यसमा पनि अझ उत्साह थप्दै, विशेष साझेदार अफरहरू पनि उपलब्ध गरिएका छन्।  ग्राहकहरूले प्लाटिनम पार्टनर्स पिल्ग्रिम र मारिकोका तर्फ बाट १५% सम्म, गोल्ड पार्टनर्स ब्राण्डहाउस, होनसा र मिनिमलिस्टका तफ बाट ६०% सम्म, तथा सिल्भर पार्टनर्स र्‍होतो, नुलाइट र एमडब्ल्यूसीका तफ बाट ७०% सम्मको छुट पाउन सक्नु हुनेछन्। साथै, ईसेवाका प्रयोगकर्ताहरूले विशेष ‘रश आवर’ अफरहरू पनि प्राप्त गर्न सक्नु हुनेछन्।  यसले किनमेल अनुभवलाई अझ लाभदायक बनाउने कम्पनीको दावी छ।

ग्राहकहरूले आफ्ना एच्छित सामग्रीहरूमा उत्कृष्ट मूल्य सुनिश्चित गर्न “बेस्ट प्राइस” ट्याग भएका उत्पादनहरूमा दराजको २ गुणा प्राइस डिफरेन्स रिफन्ड प्रोमिस पनि लागू हुनेछ। यस आधारमा यदि कुनै ग्राहकले नेपालभित्र अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन यहाँ निर्धारित भन्दा कम मूल्यमा भेट्टाएमा, योग्यताको सर्त अनुसार दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्नेछ। यसले ग्राहकहरूलाई अझ विश्वस्त रूपमा किनमेल गर्न सहयोग पुर्‍याउने कम्पनीको दाबी छ।

दराज ५.५, बिग समर सेलको यस संस्करण अन्तर्गत, ग्राहकहरूले हल्का र स्टाइलिश फेशन सामग्रीदेखि घरलाई गर्मी अनुकूल बनाउन आवश्यक वस्तुहरू, स्वास्थ्य तथा सौन्दर्य, फेसन, अडियो तथा वेयरेबल्स, फर्निचर, गृह सजावट लगायत विभिन्न क्याटेगोरीहरुमा समेत आकर्षक अफरहरू पाउन सक्ने छन्। 

सहज एप अनुभव, आकर्षक अफरहरू र अतुलनीय सुविधासहित, दराज नेपालले सबैलाई यो गर्मीमा घरमै बसेर किनमेलको आनन्द लिन र उत्कृष्ट बचतको अवसर उपयोग गर्न आमन्त्रण गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.