संवैधानिक परिषद्सम्बन्धी अध्यादेश : राष्ट्रपति र सरकारबीच टकराव नहोस्

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश : राष्ट्रपति र सरकारबीच टकराव नहोस्

संवैधानिक परिषद  (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन,२०६६ लाई संशोधन गर्ने अध्यादेशलाई राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाए पछि यो विषय चर्चामा छ । मन्त्रिपरिषदले पारित गरी  जारी गर्न  राष्ट्रपति पौडेल समक्ष पेश गरेको विषयमा विभिन्न टीका टिप्पणी भइरहेको छ । फिर्ता पठाइएको अध्यादेशलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुनः  राष्ट्रपति समक्ष नै जारी गर्न पठाउने निर्णय गरे पछि दुई महत्वपूर्ण संस्थाबीचको सम्बन्धमा टकराव देखिने जोखिम बढेको छ । 

राष्ट्रपतिले जारी नगरी फिर्ता पठाउनुको कारण उक्त अध्यादेशमा परिषदको बैठकमा बहुमतको संख्या चारबाट घटाएर तीन जनाको वहुमतले पनि परिषदमा निर्णय पारित हुने व्यवस्थालाई लिएर हो । नेपालको संविधानको धारा २८४ मा प्रधान न्यायाधीश, संवैधानिकका प्रमुख र पदाधिकारीहरूको नियुक्ति सिफारिस गर्नेका लागि संवैधानिक परिषदको व्यवस्था गरिएको छ । जसमा प्रधानमन्त्री समेत ६ जना सदस्य रहने व्यवस्था छ । परिषदको वैठक संचालन र निर्णयको विषय संघीय कानुन बमोजिम हुनेछ भनी व्यवस्था गरिएको छ ।

संवैधानिक परिषद् ऐनमा परिषदको निर्णयको लागि चार जना सदस्यको बहुमतको आवश्यक हुने व्यवस्था गरिएको छ । तर अहिलेको संशोधन विधेयकले तीन सदस्यको बहुमतबाट निर्णयबाट पनि प्रस्ताव पास हुने व्यवस्था गरेको रहे छ । तीन सदस्य वा चार सदस्यको बहुमतको विषय संवैधानिक विषय नभई ऐन कानुनमा भएको विषय हो र चार सदस्यले निर्णय गर्नु पर्ने व्यवस्थाको सट्टा तीन सदस्यले निर्णय गरेमा पनि बहुमत पुग्नेछ भनी गरिने कानुनी व्यवस्था नेपालको संविधानसित बाझिने देखिँदैन । किनकी संविधानमा बहुमतको बारेमा कुनै व्यवस्था गरेको नुहुँदा बाझिने सम्भावना नै छैन ।

कुनै पनि ऐन कानुनलाई दुई तरिकाबाट संशोधन गर्न सकिन्छ, पहिलो, संसदबाट विधेयक परित गरेर हो भने अर्को तरिका भनेको संसदको बैठक नबसेको अवस्थामा अध्यादेश जारी गरेर हो । विधेयक पारित गर्ने विशिष्ठ अधिकार संसदमा  रहेको छ भने अध्यादेश जारी गर्ने विशिष्ट अधिकार मन्त्रिपरिषदमा रहेको छ । ती विधेयक वा अध्यादेश रोक्ने वा जारी नगर्ने अधिकार संविधानको कुनै धाराले राष्ट्रपतिलाई प्रदान गरेको छैन ।

कुनै ऐनको कुनै प्रावधान संशोधन गर्ने नगर्ने कुरा सरकार वा विधायीकीको नीतिगत अधिकार हो । जसको वारेमा राष्ट्रपतिले कुनै हस्तक्षेप गर्ने मिल्दैन । राष्ट्रपतिले अध्यादेश फिर्ता गर्दा कुनै संविधानको धारालाई टेकेर फिर्ता गरिएको भनी देखाउन सकेको अवस्था छैन । अध्यादेश फिर्ता पठाउनुको मुल आधार भनेको विगतमा आफैले गरेको फिर्ता गरेको अवस्थालाई हेरेर हो । विगतमा पनि राष्टपतिले अध्यादेश जारी नगरी फिर्ता गरेको इतिहास छ  ।

संविधानको धारा ११४ मा संघिय संसद नवसेको अवस्थामा तत्काल केही गर्नु परेमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्ने सक्ने छ  भनी व्यवस्था गरेको छ । उक्त व्यवस्था अनुसार अध्यादेश जारी गर्ने दायित्व संविधानको धारा ६१ र ६६ अनुसार राष्ट्रपतिमा रहेको स्पष्ट देखिँदा देखिँदै किन सम्माननीय राष्ट्रपति र जन निर्वाचित कार्यकारी प्रधानमन्त्रीबीच टकराव निम्तने अवस्था सिर्जना भएको हो? यो प्रष्ट बुझिएन ।

संविधानको धारा ११३ ले केवल विधेयक मात्र फिर्ता गर्न पाउने अधिकार राष्ट्रपतिलाई प्रदान गरेको छ । विधेयक र अध्यादेश नितान्त फरक विषय हुन ।संविधान पालन गर्ने दायित्व धारा ६१  राष्ट्रपति उपर पनि छ । त्यसैले अध्यादेश तुरुन्त जारी गर्नु विवेकसम्मत हुन्छ । धारा ७५ बमोजिम कार्यकारी अधिकार प्रधानमन्त्रीमा रहेको छ । राष्ट्रपतिलाई धारा ६६ बमोजिम केवल सेरोमोनियल (तोकिएको सिमित) अधिकार मात्र प्राप्त छ । राष्ट्रपतिलाई झण्डै दुई तिहाइको सरकारले अन्य दलसँग मिलेर महाभियोग लगाई  हटाउन सक्छ । तर राष्ट्रपतिले प्रधानमन्त्री हटाउन सक्ने व्यवस्था छैन । यही नै कार्यकारी अधिकार र सेरोमोनियल अधिकार बीचको फरक हो । 

प्राडा. पण्डित वरिष्ठ अधिवक्ता हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.