रोहित र रिकेल्टनको आक्रमक ब्याटिङमा मुम्बईको जित

रोहित र रिकेल्टनको आक्रमक ब्याटिङमा मुम्बईको जित
सुन्नुहोस्

काठमाडौं : इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गरेको छ। मुम्बईस्थित वानखेडे क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउ सुपर जायन्ट्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२८ रन बनाएको थियो। 

लखनउले दिएको २२९ रनको विजयी लक्ष्य पछाएको मुम्बईले १८.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। मुम्बईको जितमा ओपनरद्वय रोहित शर्मा र रयान रिकेल्टनले पहिलो विकेटका लागि १४३ रनको साझेदारी गरे। रोहित शर्माले व्याक्तिगत सर्वाधिक ८४ रनको पारी खेले। उनले ४४ बलमा ६ चौका र सात छक्का प्रहार गरे। अर्का ओपनर रयानले ३२ बलमा ६ चौका र ८ छक्का सहित ८३ रनको पारी खेले। 

हार्दिक पाण्ड्या बाहिर हुँदा मुम्बईको कप्तानी सुर्यकुमार यादवले गरेका थिए। कप्तान यादवले १२ रन बनाए। तिलक बर्माले ११ रन बनाउँदा नमन धिर २३ र विल ज्याक्स १० रनमा अविजित रहे। लखनउको लागि बलिङतर्फ मनिमरण सिद्धार्थले २ विकेट लिए । मोहम्मद सामी र मोसिन खानले १-१ विकेट लिए।

त्यसअघि, पहिलो इनिङ्समा ब्याटिङ गरेको लखनउका लागि निकोलस पुरनले सर्वाधिक ६३ रनको पाली खेले। उनले २१ बलमा १चौका र ८ छक्का प्रहार गरे। ओपनरद्वय मिचेल मार्स र जोस इङ्लिसले क्रमश: ४४ र १३ रन बनाए। कप्तान ऋषभ पन्तले १५ रन बनाए एडन माक्रम ३१ र हिम्मत सिंह ४० रनमा अविजित रहे।

मुम्बईको बलिङतर्फ कोर्बिन बोस्चले सर्वाधिक २ विकेट लिए। एएम गजानफर र रघु शर्माले १-१ विकेट लिए। यो जितसँगै मुम्बई नवौं स्थानमा यथावत् छ भने हारसँगै अंकतालिकाको पुछारमा लखनउ रहेको छ।
 
मंगलबार आइपीएलमा एक खेल रहेको छ। जसमा दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्सले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.