नेपालले टस जितेर ब्याटिङ गर्दै
काठमाडौं : आइसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले ओमानसँगको खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका छन्।
नेपालको टिममा २ परिवर्तन गरिएको छ । सोमपाल कामी र भीम सार्की बाहिरिँदा आसिफ शेख र करण केसी पहिलो रोजाईमा परेका छन्।
जारी श्रृंखलामा नेपालले पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको थियो। दोस्रो खेलमा ओमानसँग नेपाल डीएलएस पद्धतिमा १०२ रनले हार बेहोरेको थियो। तेस्रो खेलमा नेपालले यूएईलाई डीएलएस पद्धतिमा ६ रनले हराएको थियो।
नेपालको प्लेइङ ११ :
विनोद भण्डारी, आसिफ शेख, अर्जुन कुमाल, रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, गुल्सन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी
प्रतिक्रिया दिनुहोस !