ओमानविरुद्ध आसिफको अर्धशतक

ओमानविरुद्ध आसिफको अर्धशतक
सुन्नुहोस्

काठमाडौं : आइसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानसँगको खेलमा नेपालका ओपनर ब्याटर आसिफ शेखले अर्धशतक बनाएका छन् । आसिफले ६६ बलमा ५ चौका र १ छक्कासहति अर्धशतक पूरा गरेका हुन् । एक दिवसीय अन्तर्राष्ट्रिय आसिफको यो चौधौं अर्धशतक हो ।

आसिफले जारी श्रृंखलाको तेस्रो खेलमा प्लेइङ ११ बाट बाहिर रहेका थिए । उनले आजको खेलमा पुनः प्लेइङ ११ मा स्थान बनाएका थिए । उनले दोस्रो विकेटका लागि वान डाउन आएका अर्जुन कुमालसँग ८९ रनको साझेदारी बनाउँदै खेलिरहेका छन् । पहिलो ओभर आसिफले मेडन खेले ।

दोस्रो ओभरको पहिलो बलमा विनोद भण्डारी गोल्डेन डक भए । उनी कभरमा क्याच भएका हुन् । त्यसपछि ९.४ ओभरमा क्याच छुट्यो । वसिम अलिले अर्जुन कुमालको क्याच छुटाए । अर्जुन ७ रनमा खेलिरहँदा उनी सटथर्डमा अलिले छुटाउँदा उनले जीवनदान पाए । १० ओभरको पहिलो पावरप्लेमा नेपालले १ विकेटको क्षतिमा २९ रन बनाएको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.