आसिफ र अर्जुनको शतकीय साझेदारीमा नेपालले ओमानलाई दियो २५७ रनको विजयी लक्ष्य

आसिफ र अर्जुनको शतकीय साझेदारीमा नेपालले ओमानलाई दियो २५७ रनको विजयी लक्ष्य

काठमाडौं : आसिफ शेख र अर्जुन कुमालको शतकीय साझेदारीमा नेपालले ओमानलाई २५७ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा अलआउट हुँदै २५६ रन बनायो ।

नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ९४ रनको पारी खेले । उनले ९७ बलमा ७ चौका र ५ छक्का प्रहार गरे । उनले दोस्रो विकेटको लागि अर्जुन कुमालसँग १२३ रनको साझेदारी गर्दै नेपालको पारी उकासेका थिए । अर्जुनले ४८ रनको पारी खेले । ९.४ ओभरमा ७ रनमा क्याच मिसको रुपमा जीवनदान पाएका अर्जुन अर्धशतक बनाउन चुकेका हुन् । 
 

पावरप्ले सकिँदा नेपालले १ विकेटको क्षतिमा २९ रन बनाएको थियो । नेपालले पहिलो विकेटको रुपमा ओपनर विनोद भण्डारीलाई गोल्डेन डकको रुपमा गुमाएको हो । २३.४ ओभरमा १ विकेटको क्षतिमा नेपालले १०० रन पूरा गरेको थियो ।  कप्तान रोहितकुमार पौडेल ९ रनमा क्याच भए । गुल्सन झा १७ रनमा एलबीडब्ल्यू भए । 

४३.१ ओभरमा ५ विकेटको क्षतिमा नेपालले २०० रन पूरा गरेको हो । दिपेन्द्रसिंह ऐरीले ३३ रन बनाए । करण केसी गोल्डेन डक भए । सन्दीप लामिछाने १ रनमा रनआउट भए । आरिफ शेखले अन्तिम ओभरमा लगातार ३ छक्का प्रहार गर्दै ४९.५ ओभरमा ४३ रनमा क्याच हुँदै नेपालको अन्तिम विकेटको रुपमा पेभेलियन फर्किए । 

ललित राजवंशी शून्यमा अविजित रहे । ओमानका लागि नदिम खानले सर्वाधिक ३ विकेट लिए । सकिल अहमद र हषनैन शाहले समान २–२ विकेट लिँदा जितेन रमानान्डी र आर्यन विश्ट १–१ विकेट लिए । जारी श्रृंखलामा नेपालले पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको थियो । दोस्रो खेलमा ओमानसँग नेपाल डीएलएस पद्धतिमा १०२ रनले हार बेहोरेको थियो । तेस्रो खेलमा नेपालले यूएईलाई डीएलएस पद्धतिमा ६ रनले हराएको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.