काभा महिला भलिबल च्याम्पियनसिपको तालिका सार्वजनिक
काठमाडौं : काभा महिला भलिबल च्याम्पियनसिपको तालिका सार्वजनिक भएको छ । नेपालमा हुने यो प्रतियोगिता मे २२ (जेठ ८) बाट मे २९ (जेठ १५) सम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा ८ टोलीले सहभागिता जनाउने छन् । नेपालले समूह ‘ए’ मा रहेर प्रतिस्पर्धा गर्नेछ । नेपालको समूहमा भारत, कीर्गिस्तान र माल्दिभ्स रहेका छन् । समूह ‘बी’ मा इरान, काजकिस्तान, श्रीलंका र बंगलादेश रहेका छन् । नेपालले समूह चरणको पहिलो खेल मे २२ (जेठ ८) मा भारतसँग खेल्नेछ ।
नेपालको खेल तालिका :
जेठ ९– नेपाल भर्सेस कीर्गिस्तान
जेठ १०– नेपाल भर्सेस माल्दिभ्स
प्रतिक्रिया दिनुहोस !