सेयर बजारमा उतारचढाव : नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम घट्यो

सेयर बजारमा उतारचढाव : नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम घट्यो
सुन्नुहोस्

काठमाडौं : दिनभर उचारचढावमा रहेको नेप्से परिसूचक अन्तिम समयमा आएर एकल अंकले बढेर बन्द भएको छ। साताको दोस्रो सेयर कारोबार दिन मंगलबार नेप्से परिसूचक ८.७८ अंकले बढेर २७१२.८६ विन्दुमा पुगेको हो। अघिल्लो दिन सोमबार नेप्से परिसूचक ३४.६३ अंकले घटेर २७०४.०८विन्दुमा पुगेको थियो।

नेप्से वृद्धि भएपनि कारोबार रकम भने सोमबारको तुलनामा कमी आएको छ। यसदिन ३३५ वटा स्क्रिप्सको ७७ लाख  ३४ हजार  १२ कित्ता सेयर ३ अर्ब ४३ करोड ९० लाख ६८ हजार ३९२ रुपैयाँमा खरिदबिक्री भए। सोमबार ४ अर्ब २६ करोड मुल्य बराबरको सेयर कारोबार भएको थियो।

कारोबारमा आएकामध्ये १६२ वटाच स्टक्सको मूल्य बढ्दा ९० वटाको घट्यो। १६ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। अपर लोहोरे खोला हाइड्रोपावरको सेयर ११.१६ प्रतिशतले बढ्दा सोलु हाइड्रोपावरको ७.५६ ,धौलागिरी लघुवित्त वित्तीय संस्थाको ७.०४ प्रतिशतले बढ्यो।

फर्वार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक ९.३१ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो कम्पनीले २३ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो। रिलायन्स स्पिनिङ्ग मिल्सले १२ करोड मूल्य बराबरको सेयर कारोबार गर्दा नेसनल हाइड्रोपावरले ११ करोड,आँखु खोला जलविद्युतले ८ करोड र पाल्पा सिमेन्टले ७ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो।

सातवटा समूहको उपसूचक बढ्दा बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिए। डेभलपमेन्ट बैंक,फाइनान्स,होटल्स एण्ड टुरिजम,माइक्रोफाइनान्स,नन लाइफ इन्स्योरे‍न्स र ट्रेडिङ समूहको उपसूचक घट्दा बाँकी अरु समूहको उपसूचक बढेका हुन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.