राखेपका १९ सदस्य स्वतः पदमुक्त हुने (नामावलीसहित)
काठमाडौं : राष्ट्रिय खेलकुद परिषदका १९ सदस्य स्वतः पदमुक्त हुने भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले मंगलबार एक सूचना सार्वजनिक गर्दै १९ सदस्यको नामावली सार्वजनिक गरेको छ ।
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश २०८३ को दफा २ को उपदफा १ बमोजिम मन्त्रालयले राखेपको पदाधिकारीको पदमुक्ति सूचना प्रकाशन गरेको हो । जसमा क्रिकेट प्रशिक्षक जगत टमटादेखि नाइटिङ्गल स्कुलकी प्रधानध्यापक रहेकी रञ्जना प्रधान समेत रहेकी छिन् ।
पदमुक्त हुने सदस्यहरुमा उपाध्यक्ष ध्रुव आचार्य (जसले राजीनामा दिइसकेका छन् ।), नन्दा बस्याल, जगतसिंह धामी, सुवर्ण श्रेष्ठ, शान्तिकुमारी चौधरी, आनन्दकुमारी झा, हिमालकुमार श्रेष्ठ, कमलबहादुर भट्टराई, भानबहादुर चन्द, अञ्जना श्रेष्ठ, मधुसुदन सुवेदी, रामचन्द्र श्रेष्ठ, विदुर ढुंगाना, प्रयास कार्की, कुमार लामा घिसिङ, रोजेश खड्का र सन्तकुमार मेहता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !