गुल्सनको घातक बलिङमा ओमानमाथि नेपालको जित

गुल्सनको घातक बलिङमा ओमानमाथि नेपालको जित
सुन्नुहोस्

काठमाडौं : आइसीसी विश्वकप लिग–२ को जारी श्रृंखलाको अन्तिम खेलमा नेपालले ओमानलाई ८१ रनले हराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल ४९.५ ओभरमा २५६ रन बनाउँदै अलआउट भएको थियो । 

नेपालले दिएको २५७ रनको विजयी लक्ष्य पछ्याएको ओमान ३९.४ ओभरमा १७५ रन बनाउँदै अलआउट भएको हो । ओमानमाथि जित निकाल्दै नेपालले जारी श्रृंखलाको ४ मध्ये ३ खेल जितेको छ । नेपालको जितमा नेपालका तीव्र गतिका बलर गुल्सन झाले उत्कृष्ट बलिङ गरे । उनले ९ ओभर बलिङ गर्दै ५ विकेट लिँदै ओमनको ब्याटिङ ध्वस्त पारेका थिए । 

ओमानका लागि विनायक शुक्लाले सर्वाधिक ३६ रन बनाए । उनले ४१ बलमा ३ चौका र २ छक्का प्रहार गरे। ओपनर ब्याटर तथा आजको खेलमा डेब्यू गरेका डेब्यूटेन्ट हशनैन उल वहाबले २९ रन बनाए। उनले ४३ बलमा ३ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर जतिन्दर सिंहले १२ रन बनाए । 

२३.२ ओभरमा ५ विकेटको क्षतीमा ओमानले १०० रन पूरा गरेको हो । त्यसपछि पनि ओमानको ब्याटिङ जम्न सकेन । हमाद मिर्जाले ३४ रन बनाए । ओमानको लागि सातौं विकेटको रुपमा वसिम अलि १० रनमा दिपेन्द्र सिंह ऐरीको हातबाट एलबीडब्ल्यू आउट भए । नेपालका लागि बलिङतर्फ गुल्सन झाले सर्वाधिक ५ विकेट लिए । नन्दन यादव,करण केसी, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामीछानेले १–१ विकेट लिए । 

null

त्यसअघि, ब्याटिङ गरेको नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ९४ रनको पारी खेले । उनले ९७ बलमा ७ चौका र ५ छक्का प्रहार गरे। उनले दोस्रो विकेटको लागि अर्जुन कुमालसँग १२३ रनको साझेदारी गर्दै नेपालको पारी उकासेका थिए । अर्जुनले ४८ रनको पारी खेले । 
पावरप्ले सकिँदा नेपालले १ विकेटको क्षतिमा २९ रन बनाएको थियो । नेपालले पहिलो विकेटको रुपमा ओपनर विनोद भण्डारीलाई गोल्डेन डकको रुपमा गुमाएको हो ।

२३.४ ओभरमा १ विकेटको क्षतिमा नेपालले १०० रन पूरा गरेको थियो ।  कप्तान रोहितकुमार पौडेल ९ रनमा क्याच भए । गुल्सन झा १७ रनमा एलबीडब्ल्यू भए । दिपेन्द्र सिंह ऐरीले ३३ रन बनाए। करण केसी गोल्डेन डक भए । सन्दीप लामीछाने १ रनमा रनआउट भए । आरिफ शेखले अन्तिम ओभरमा लगातार ३ छक्का प्रहार गर्दै ४९.५ ओभरमा ४३ रनमा क्याच हुँदै नेपालको अन्तिम विकेटको रुपमा पेभेलियन फर्किए। ओमानका लागि नदिम खानले सर्वाधिक ३ विकेट लिए ।

सकिल अहमद र हषनैन शाहले समान २–२ विकेट लिँदा जितेन रमानान्डी र आर्यन विश्ट १–१ विकेट लिए । जारी श्रृंखलामा नेपालले पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको थियो । दोस्रो खेलमा ओमानसँग नेपाल डीएलएस पद्धतीमा १०२ रनले हार बेहोरेको थियो । तेस्रो खेलमा नेपालले यूएईलाई डीएलएस पद्धतीमा ६ रनले हराएको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.